back
NMB ad

वोमी माइक्रोफाइनान्सको ३० प्रतिशत हकप्रद आउने, कसले दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले ३० प्रतिशत हकप्रद जारी गर्न जेठ ४ मा बुक क्लोज गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ । अब कम्पनीले छिट्टै १० बराबर ३ को अनुपातमा २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

यस आधारमा, जेठ ३ गतेसम्म कायम सेयरधनीले वोमीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा जेठ ३ गतेभित्र नै सेयर किनिसक्नुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ ।

हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वोमीले २ करोड ९५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५० रुपैयाँ ५० पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७० रुपैयाँ ४१ पैसा छ ।

२०७५ बैशाख २७ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २७ बिहीवार १४:०१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...