back
NMB ad

यस्तो छ, भारतीय प्रधानमन्त्री मोदीको २ दिने नेपाल भ्रमण तालिका

Kumari bank ad

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा शुक्रवार र शनिवार दुई दिन राजधानीको यातायात व्यवस्था प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री मोदी आउँदा र जाँदा केही समय अघिदेखि सडक खाली गरिने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी मुकुन्द मरासिनीले मोदीको सवारी हुँदा छोटो समयका लागि सार्वजनिक सवारी अवरुद्ध हुने बताए। प्रधानमन्त्री मोदी शुक्रवार बिहान साढे ९ बजे जनकपुर आइपुग्ने छन्।

जनकुपरमा जानकी मन्दिर र नागरिक अभिनन्दन सकेर करिब साढे १ बजे उनी हेलिकप्टरबाट त्रिभुवन विमानस्थलमा अवतरण हुनेछन्।प्रधानमन्त्री मोदी विमानस्थलबाट सिधै बौद्धस्थित ह्यात होटेल जाने छन्। होटेल प्रस्थान गर्दा कोटेश्वर, गौशाला, चाबहिल, बौद्धको सवारी आगमनमा असर पर्ने छ।दिउँसो ४ बजे प्रधानमन्त्री मोदीलाई गार्ड आफ अनर दिने कार्यक्रम रहेको छ। बौद्धबाट उनी चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेल पुग्ने छन्। ३ देखि ५ बजेसम्मको लागि यस क्षेत्रमा सडक खाली गरिने हुँदा यातायात प्रभावित बन्ने छ।

प्रधानमन्त्री मोदी दिउँसो साढे ४ बजेतिर उपराष्ट्रिपति नन्दबहादुर पुनसँग भेट्नको लागि बहादुर भवन पुग्ने छन्।यो समयमा जमल, दरबारमार्ग लगायत क्षेत्रको सडक बन्द हुने छ।करिब आधा घण्टाको भेटपछि प्रधानमन्त्री मोदी सिधै राष्ट्रपति निवास पुग्नेछन्। ४ बजेदेखि नै लैनचौर, महाराजगञ्ज क्षेत्रका सवारी आवागमन बन्द गरिने छ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि प्रधानमन्त्री मोदी महाराजगञ्ज, चाबहिल, गौशाला हुँदै द्वारिका होटेल पुग्ने छन्। त्यहाँ विभिन्न दलहरूका नेताहरूसँग भेटघाट कार्यक्रम रहेको छ। शनिवार बिहानै उनी बौद्धबाट मुक्तिनाथ जानको लागि विमानस्थल पुग्नेछन्। चाबहिल, मित्रपार्क, गौशाला क्षेत्रमा सार्वजनिक तथा निजी सवारीलाई प्रवेशमा रोक लगाइने छ।

करिब साढे १० बजे उनी मुक्तिनाथको दर्शन गरेर काठमाडौँ फर्किने छन्। त्यसपछि विमानस्थलबाट पशुपति मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ। पशुपतिमा एक घण्टा पुजा अर्चना गरेपछि प्रधानमन्त्री मोदी ह्यात जाने छन्। यो समया उनी जाने बाटो बन्द हुनेछ।दिउँसो २ बजे प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनका लागी चाबहिल हुँदै राष्ट्रिय सभा गृह पुग्ने छन्। यो समयमा बानेश्वर, तीनकुने, थापाथली लगायतका सवारी प्रभावित हुने छ। मोदी दिउँसो ४ बजे भारत फिर्ता हुने कार्यक्रम तय भएको छ।

बिजमाण्डू
२०७५ बैशाख २७ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २७ बिहीवार १३:४८ मा प्रकाशित

You can share this post!

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...