back
NMB ad

मोदीको नेपाल भ्रमणको दोस्रो दिनः यस्तो छ शनिबारको सवारी रुट

Kumari bank ad

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेको दोस्रो दिन शनिबार पनि उपत्यकाको सवारी आवागमन केहीबेर प्रभावित हुने भएको छ । मोदीको सवारी रुटमा सवारी अवधिभर अन्य गाडीहरुलाई रोकिने छ र वैकल्पिक रुटको व्यवस्था गरिएको छ । मुक्तिनाथबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १० बजे मोदी ओर्लिनेछन् । त्यसपछि उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न जानेछन् ।

मोदी शनिबार बिहान मुक्तिनाथ दर्शन गर्न गएका थिए । सो समयमा विमानस्थल, तिलगंगा, बनकाली मोड, गौशाला चोक, भुबनेश्वरी चोक्सम्मको सवारी आवागमन प्रभावित हुने छ । मोदी पशुपतिनाथ मन्दिर परिसरको पश्चिम गेटसबाट भित्र प्रवेश गर्नेछन् ।

त्यसको लागि ट्राफिक प्रहरीले वैैकल्पिक मार्ग पनि तोकेको छ । त्रिभुवन विमानस्थलको मुख्य गेट, तिलगंगा, पशुपति भिजन, चार शिवालय चोक, बृद्धाश्रम मोड, पशुपतिनाथ परिसरको दक्षिण गेट हुँदै पशुपतिनाथ मन्दिरसम्मको सडकलाई विकल्पको रुपमा लिइएको छ । त्यो रुटमा बिहान साढे ८ बजेदेखि नै सुरक्षाकर्मी र ट्राफिक प्रहरीलाई ड्युटीमा खटाइएको छ ।

पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि मोदी आफू बसेको होटल हायातमा जानेछन् । त्यहाँ जाँदा पशुपतिको पश्चिम गेट, भुवनेश्वरी चोक, गौशाला, मित्रपार्क, चाबहिल, चुच्चेपाटीको रुट प्रयोग हुनेछ । यसैगरी पशुपतिनाथको दक्षिण गेटबाट गौशाला, गौरीघाट, टुसाल हुँदै होटल हायात पुग्ने रुटलाई विकल्पको रुपमा राखिएको छ ।

हायात होटलमा खानपिन र केहीबेर आराम गरेपछि मोदी राष्ट्रिय सभागृहमा नागरिक अभिन्दन समारोहमा सहभागी हुनेछन् । त्यसको लागि करिब २ः४५ को सवारी समय निर्धारण गरिएको छ । राष्ट्रिय सभागृहसम्म आउँदा चाबहिल, मित्रपार्क, गौशाला चोक, तिलगंगा एयरपोर्ट गेट, सिनामंगल, तिनकुने, नयाँबानेश्वर, बिजुलीबजार, माइतीघर, सिंहदरवार, पद्मोदय मोड, भृकुटीमण्डपको रुट प्रयोग हुनेछ ।

यसैगरी विकल्पको रुपमा चाबहिल, सुकेधारा, नारायणगोपाल चोक, शिक्षण अस्पताल, पानीपोखरी, ग्याङ्जोङ होटल, लैनचौर, केशरमहल, महेन्द्रशालिक, घण्टाघर, पुरानो बसपार्क हुँदै राष्ट्रियसभा गृहसम्मको रुटलाई राखिएको छ ।

राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाको तर्फबाट मोदीलाई नागरिक अभिनन्दन गर्ने र नगरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम छ । त्यसपछि मोदी स्वदेश फिर्तीका लागि एयरपोर्टतर्फ प्रस्थान गर्नेछन् । उनी एयरपोर्ट प्रस्थान गर्नका लागि करिब पौने चार बजेको सवारी समय निर्धारण गरिएको छ ।

त्यसका लागि राष्ट्रिय सभागृहबाट भद्रकाली, सिंहदरवार, माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट गेट, गौचर ब्यारेक हुँदै मोदी विमानस्थलभित्र प्रवेश गर्नेछन् । यसको विकल्पको रुपमा भद्रकाली, गोश्वारा हुलाक, जमल, केशरमहल, लैनचौर, पानीपोखरी, महाराजगञ्ज, सुकेधारा, चाबहिल हुँदै एयरपोर्ट पुग्ने रुट निर्धारण गरिएको छ । शुक्रबार जनकपुर हुँदै काठमाडौं आएका मोदी अपराह्न चार बजे स्वदेश फर्किने छन् ।

२०७५ बैशाख २९ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २९ शनिवार १०:३१ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...