back
NMB ad

मुख्यमन्त्री पौडेलद्वारा ककनीको अवलोकन, पर्यटनको “हब” बनाउने

Kumari bank ad

नुवाकोट । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आज नुवाकोटको पर्यटकीय क्षेत्र ककनीको अवलोकन गरेका छन् । काठमाण्डौँबाट निकै नजिक रहेको ककनीमा पर्यटनको लागि निकै ठुलो संभावना भएको भएपनि हालसम्म खासै उपलब्धीमुलक काम नभएको गुनासो आएपछि मुख्यमन्त्री ककनी पुगेका हुन् ।

नुवाकोटको ककनी गाँउपालिकामा पर्ने ककनीमा पुगेर अवलोकन गरेपछि मुख्यमन्त्री डोरमणी पौडेलले ककनीलाई पर्यटनको हब बनाउनको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । देशको राजधानीबाट निकै नजिक रहेको पर्यटकीय उच्च संभावना बोकेको क्षेत्रको विकासको लागि प्रदेश सरकारले विशेष योजना बनाएर अघि बढने मुख्यमन्त्री पौडेलको भनाई रहेको छ ।

प्रदेश नंबर ३ को लागि पर्यटन महत्वपूर्ण क्षेत्र रहेको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले पर्यटनलाई विशेष प्राथमिकतामा राखेको बताए । अझ राजधनीबाट नजिकै रहेको यो क्षेत्र सबै हिसावले पर्यटकको लागि उपयुक्त रोजाई हुने आफुले जानकारी पाएको भन्दै उनले ककनीको विषमा प्रदेश सरकारले महत्व दिने समेत बताए ।

अबलोकनको क्रममा गाउँपालिका अध्यक्ष मानबहादुर लामाले ककनी विकासको संभावना र यहाको आवश्यक्ता र समस्याहरुको विषयमा मुख्यमन्त्री पौडेललाई जानकारी दिएका थिए । उनले प्रदेश सरकारले महत्वको साथमा हेरे यो क्षेत्र देशकै महत्वपूर्ण पर्यटकीय क्षेत्र हुने समेत बताए ।

२०७५ बैशाख २९ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २९ शनिवार १६:५२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...