back
NMB ad

समयमा पूरा नभएका नुवाकोटका ३१ योजनामा गृहको निशाना !

Kumari bank ad

नुवाकोट । विकास निर्माण तथा भौतिक संचरनाअन्तर्गत नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पूरा नभई अलपत्र परेको छ ।

गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले संकलन गरेको लगतमा यहाँका चार कार्यालयमार्फत सञ्चालनमा रहेका ती योजना समयमा सम्पन्न नभएको तथ्यांक पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार प्राविधिक कार्यालय मातहत रहेका तीन, मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयका पाँच, डिभिजन सडक कार्यालयका १२ र शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ठेक्का भएका ११ योजनाको काम तोकिएको समयमा पूरा नभएको र भएका कामसमेत गुणस्तरहीन पाइएको छ ।

“विकास सेवा तथा भौतिक संरचना निर्माणको सम्बन्धमा जिल्लाका १२ वटा कार्यालयसँग तथ्यांक माग गरेका थियौँ ।” प्रजिअ थापाले भन्नुभयो,“चारबाहेक अन्य कार्यालयमार्फत भएका कामको अवस्था सन्तोषजनक पाइएको छ ।”

उहाँका अनुसार चार कार्यालयले बुझाएको काम नभएका ३१ योजना समयमा पूरा नहुनु तथा भएपनि गुणस्तरहीन पाइनुमा गत वर्षको निर्वाचन र त्यसमा लगाइएको आचारसंहिता, विसं २०७२ मा भएको नाकाबन्दी, लगातारको वर्षा, निर्माण सामग्रीको अभाव, ठेकेदारको लापर्बाही तथा काम नगर्ने मनस्थिति, योजना सञ्चालन भएको स्थानमा स्थानीयवासीको अवरोध, निर्माण व्यवसायी कीर्ते अभियोगमा पक्राउ पर्नुलगायतका कारण पाइएको छ ।

गत बिहीबार गृहमन्त्री थापाको निर्देशनलगत्तै गृहमन्त्रालयले मातहतमा रहेका सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई विवरण उपलब्ध गराउन दिएको निर्देशनअनुसार यहाँको प्रशासनले संकलन गरेको तथ्यांकमा उक्त योजना समयमा पूरा हुन नसकेको उल्लेख गरी गृहमन्त्रालयमा प्रतिवेदन पठाउन लागिएको छ ।

२०७५ जेठ ११ गते प्रकाशित

वि.सं.२०७५ जेठ ११ शुक्रवार १०:०५ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...