back
NMB ad

चितवनका ३५ जना एकल महिला सम्मानित ।

Kumari bank ad

 

रत्ननगर ,। चितवन रत्ननगरस्थित सौराहामा आज ३५ जना एकल महिलालाई नगदसहित सम्मान गरिएको छ ।

समाज परिवर्तन र सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याएवापत सौराहा बचत तथा ऋण सहकारी संस्था रत्ननगरले उहाँहरुलाई जनही रु पाँच सयसहित कदरपत्रद्वारा सम्मान गरेको हो ।

संस्थाको १५औं वार्षिकोत्सवका अवसरमा सहकारीमा आवद्ध भएर नियमित बचत गर्ने एकल महिलालाई सम्मान गरिएको सो संस्थाका अध्यक्ष गणेश खतिवडाले बताउनुभयो ।

सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बचत तथा सहकारीका कारण गाउँमा नै गर्जो टर्ने अवस्था आएकोमा खुशी व्यक्त गर्दै एकल महिला, वृद्धवृद्धा, बालबालिकाको क्षेत्रमा स्थानीय तहबाट पनि आवश्यक सहयोग रहने बताउनुभयो । संस्थाको अध्यक्ष खतिवडाले यहाँका एकल महिलालाई सौराहा बचतले एकल महसुस गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वार्षिकोत्सवकै अवसरमा आज सौराहा बचतसहित लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ सौराहा वाइल्डलाइफ सिटी, लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ रत्ननगर चित्रसेन बाबा र लियो क्लब अफ सौराहाको संयुक्त आयोजना रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

२०७५ साउन ११ गते प्रकाशित

वि.सं.२०७५ साउन ११ शुक्रवार १३:२४ मा प्रकाशित

You can share this post!

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...