back
NMB ad

भृकुटीमण्डप खुल्लाबजारमा यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’राख्ने मन्त्री थापाको घोषणा

Kumari bank ad

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मुलुकमा गणतन्त्र आएपनि अहिलेसम्म नेपाली जनताको सोच र संस्कारमा परिवर्तन नआएको गुनासो पोखेकी छिन् । उनले भनिन्,‘अझैपनि हामीहरुसँग पितृसतात्मक सोच छ । महिलाहरुले अझैपनि आफ्नो हक र अधिकार प्राप्तिको लागि संघर्ष गरिरहनु परेको अवस्था छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अव
स्थामा पुगिसक्दापनि हामी नेपालीहरुको सोचमा व्यवस्थाअनुसार परिवर्तन आएको छैन् ।’

काठमाडौं निम्न व्यापारी संघ भृकुटिमण्डप खुल्लाबजारको २६ औं स्थापना दिवसका अबसरमा सोमबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएकी हुन् । जनतासंग सरोकार राख्ने कानुन निर्माणले तिव्रता पाउने उनको भनाई छ । उनले जनतासंग सरोकार राख्ने केही कानुन निर्माण भईसकेको र अब बाकी कानुन निर्माणको कामले तिव्रता पाउने बताईन । मन्त्री थापाले संघीय संरचनाको स्थापित भैसकेपछि मौलिक हकसंग सम्बन्धित काम बनाईसकेको बताईन् । उनले निर्वाचनका बेला जनतासंग गरेका प्रतिवद्धताहरु पनि सरकारले क्रमशः पुरा गर्दे लैजाने विश्वास दिलाईन् ।

संविधान र कानुनमा भएका बिषयहरुलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको पनि उनले जनाईन् । मन्त्री थापाले जनताको हक र हितका लागि नै सरकार आफ्नो काममा केन्द्रित भएको जिकिर गरिन् । त्यस्तै मन्त्री थापाले भृकुटीमण्डप खुल्लाबजारमा त्रिपालको स्टल हटाएर यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । स्थापना दिवसका अवसरमा संघले बृहत्त रक्तदान कार्यक्रमको समेत आयोजना गरेको संघका अध्यक्ष लक्ष्मी प्रसाद ओलीले जानकारी दिए ।

२०७५ पौष ३ गते प्रकाशित

वि.सं.२०७५ पुस ३ मंगलवार १०:५९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...