back
NMB ad

पूँजि परिचलान क्षमताको बिकास गर्दै कतार च्यारिटी, काठमाडौंका बिपन्न परिवार लाभान्वित

Kumari bank ad

काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ट नेता माधब कुमार नेपालले मुस्लिम समुदायको शिक्षालाई आधुनिक शिक्षासंग जोड्ने प्रयास भईरहेको बताएका छन। कतार च्यारिटीले बिपन्न परिवारहरुलाई पसलको खोलिदिएर उनीहरुलाई चाबी हस्तान्तरण गर्ने अवसरमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन।

मुस्लिम समुदायलाई आधुनिक शिक्षासंग जोड्ने प्रयासलाई सफल बनाउने उदेश्यले आफुले रौतहट र महोत्तरीमा ४ जना बालबालिकालाई बिद्यालय भर्ना गरेको नेता नेपालले बताए। बंगलादेश लगायतका मुस्लिम देशहरुमा महिला प्रधानमन्त्री रहेको बताउदै नेता नेपालले मुस्लिम समुदायका महिलालाई पनि मूल धारको राजनीतिमा ल्याउनका लागि स्थानीय निर्वाचनमा ४० प्रतिशत महिलाको सहभागिता सुनिस्चित गरिएको बताए।

चाबी हस्तान्तरणको अवसरमा बोल्दै नेता नेपालले कतार च्यारिटीको बिपन्न परिवारलाई पसल खोल्न गरेको सहयोगले मुस्लिम र गैरमुस्लिम समुदायमा पूँजि परिचलान गर्न सक्ने क्षमता विकास गर्न मद्दत पुर्याएको बताए। कतार च्यारिटीले शहरी बिपन्न परिवारलाई लक्षित गरी काठमाडौं नैकापका गोपाल रोक्का, सतुंगलका भिमबहादुर महर्जन, विशाल मिया, ममता निरौला, गीता खडका, कोटेश्वरका दिलकुमार गुरुङ, मोहम्मद फिरोज, बुढानिलकण्ठका अनिता थापामगर र ललितपुर चापागाँउकी रेणु गिरी, पञ्चकुमारी राई, खोकनाका भोटे मियालाई खुद्रा किराना पसल खोल्न जनही एकलाख ८० हजार बराबरको सहयोग हस्तान्तरण गरेको हो।

उनीहरुलाई उक्त रकम बराबरको किराना सामग्री वितरण गरिएको कतार च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए।अरब देशको सबै भन्दा ठुलो दातृ निकाय कतार च्यारिटीले ग्रामीण विकास केन्द्र मार्फत उक्त सहयोग गरेको शेखले बताए।
कार्यक्रममा कतार च्यारिटीका नेपाल प्रतिनिधि अब्दुल अजिज्, समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल, इस्लामिक रिलिफका नेपाल निर्देशक तलाह जमाल, परियोजना प्रबन्धक इर्शाद अलि शेख, मुस्लिम अधिकारकर्मी मो। मकसुद राँकी, विश्व शिक्षाका समिम अख्तर, लगायतको उपस्थिति थियो।

कतार च्यारिटीले यस परियोजना अन्तर्गत हालै मात्र रौतहटका ६ वटा ईश्नाथ, परोहा, गौर, चन्द्रपुर, राजदेवी र माधवनारायण नगरपालिका तथा यमुनामाई गाउँपालिका समेतका २० जनामध्ये १० जनालाई किरानापसल तथा १० जनालाई ठेला पसल संचालनको लागि निशुल्क रुपमा चाहिने सम्पूर्ण सर—समानहरु हस्तान्तरण गरेको छ । गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले हालैमात्र सर्लाही र रौतहटका करिब २६४ परिवारलाई ७२ लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरेको थियो। त्यस्तै यसअघि च्यारिटीले तराईका बिभिन्न जिल्लाका आर्थिक रुपले पछाडी परेका, भूकम्प तथा बाढीले प्रभावित, समाजमा पछाडी पारिएका समुदायका झन्डै २००० बढी परिवारहरुलाई करिब १ करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको थियो।

अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गत बर्ष मात्रै कतार च्यारिटी र समाज कल्याण परिषदविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो।

२०७५ पौष ३ गते प्रकाशित

वि.सं.२०७५ पुस ३ मंगलवार ११:२६ मा प्रकाशित

You can share this post!

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...