back
NMB ad

तयार रहनुहोस्, एनसीसी बैंकको ७९ लाख १० हजार कित्ता सेयर लिलामी खुल्दैछ

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मस बैंकले हालसम्म कै ठूलो कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले यसअघि बिक्री गरेको चुक्ता पूँजीको ५० प्रतिशतमा अवितरित भएको सो परिमाणको शेयर पुस ११ गतेदेखि लिलामीमा ल्याउने भएको हो । बैंकले पुस ११ गतेदेखि ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामी प्रक्रियाबाट बेच्ने भएको छ । जसमध्ये, संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता सेयर रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

बैंकले यसअघि भदौ ४ देखि असोज २२ गतेसम्म २ बराबर १को अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । त्यसबेला १ करोड ५४ लाख ८४ हजार २९० कित्ताका लागि मात्र आवेदन परेको थियो । नबिकेको ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामीमा ल्याउन लागिएको हो । यसमा इच्छुक लगानीकर्ताले पुस २० गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रद शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । लिलामी गर्न इच्छुकले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, र एनसीसी बैंकका विराटनगर, विरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, नारायणगढ, बनेपा, र मुख्य शाखा कार्यालय बागबजारबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

हाल एनसीसीको चुक्ता पुँजी ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि पुँजी ७ अर्ब २ करोड रुपैयाँ पुग्नेछ । एनसीसी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ करोड ९१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४ पैसा छ ।

२०७५ पौष ३ गते प्रकाशित

वि.सं.२०७५ पुस ३ मंगलवार ११:४३ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...