back
NMB ad

‘प्रथम जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता सम्पन्न

Kumari bank ad

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले ‘प्रथम जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार विजयी विद्यार्थी तथा टिमलाई पुरस्कृत गर्दै प्रतियोगिता सम्पन्न गरेको हो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) का केन्द्रिय महासचिव सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा गरिएको उक्त समापन कार्यक्रममा नेसनल प्याब्सन प्रदेश नम्वर ३ का उपाध्यक्ष प्रकाश चन्द्र खड्का, नेसनल प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जन, विभिन्न स्कुलका प्रिन्सिपल, प्रतियोगितामा सहभागि भएका विद्यालयका प्रतिनिधि, कबड्डीसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

छात्र र छात्रा दुवै तर्फबाट सहभागि गराईएको उक्त कबड्डी प्रतियोगितामा छात्रतर्फ संक्रेड हार्ट एकेडेमी प्रथम भएको छ । हर्टल्याण्ड एकेडेमी दोश्रो, भिमेश्वर एकेडेमी र न्यु अरुणदय माध्यमिक विद्यालय तेश्रो भएका छन् । यस्तै छात्रातर्फ विजेश्वरी मन्दिर सैनिक माहा विद्यालय प्रथम भएको छ भने कन्या मन्दिर माध्यमिक विद्यालय दोश्रो, हर्टल्याण्ड एकेडेमी र प्यारा माउण्ट एकेडेमी तेश्रो भएका छन् ।
विजयी छात्र र छात्राका प्रथम, द्धितीय र तृतीय विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगिताका निर्णायकलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

यस्तै सहभागि सम्पुर्ण विद्यालयलाई प्रमाण–पत्र दिईएको थियो । मंसिर २७ गतेदेखी ३ दिनसम्म चलेको उक्त प्रतियोगितामा छात्र र छात्रा गरि २८ टिमको सहभागिता रहेको थियो ।

२०७५ पौष ५ गते प्रकाशित

वि.सं.२०७५ पुस ५ बिहीवार १०:४६ मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...