back
NMB ad

अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने

Kumari bank ad

काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको नेपालको एकमात्र माध्यम ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अबसरमा निशुल्क बस यात्रा गर्न सकिने अफर सार्बजनिक गरेको छ ।

कम्पनीले यो योजना डिसेम्बर ३० तारिख देखि जवनरी २ तारिख २०१८ सम्म लागु हुने जनाएको छ । योजना अवधिमा हरेक दिन ५ जनाले शतप्रतिशत क्यासब्याक पाएर निशुल्क यात्रा गर्न सक्नेछन् भने अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउनेछन् । कम्पनीका अनुसार गोलाप्रथाबाट भाग्यशाली यात्रीको छनोट गरीनेछ र उनीहरूलाई क्यासब्याक गरिनेछ ।

योजनाबारे बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले भन्नुभयो ‘अंग्रेजी नयाँ वर्ष भएपनि यो अन्तर्राष्ट्रियरूपमा मनाइने गरेको र नेपालमा पनि यसलाई आधार मानेर कार्यक्रम हुने हँुदा नेपाली यात्रुहरूमा नयाँ वर्षको खुसीयाली साट्नको लागि छुट योजना संचालन गरिएको हो ।’

यस्तै नयाँ वर्ष मनाउन पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकिय क्षेत्रमा जाने प्रचलन रहेको भन्दै यात्रुहरूका लागि यो अफर ल्याएको खनालको भनाइ छ । अन्य यात्रुहरूले भने अनलाइनबाट टिकट काट्दा नियमित रूपमा पाउँदै आएको १७ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् र नेपालका कुनैपनि गन्तव्यको अनलाइनबाट पिटकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, बससेवा मोबाईल एप्स्, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ । मुलुकभर इसेवाका ४० हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।

२०७५ पौष १३ गते प्रकाशित

वि.सं.२०७५ पुस १३ शुक्रवार १२:५४ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...