back
NMB ad

आफ्नो चार वर्षे कार्यकाल स्वर्णीम रहेको केशव विष्टको भनाई

Kumari bank ad

काठमाण्डौ। राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दावी गरेका छन् ।

सदस्यसचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगतिविवरण बारे जानकारी दिँदै विष्टले जुलाईमा बस्ने आइसिसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने बताएका हुन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित विशेष साक्षात्कारमा सदस्य सचिव विष्टले क्यान निलम्बन फुकुवा हुने दावी गरेका हुन् ।

भोली कार्यकाल सकिँदै गरेका विष्टले यदी आफ्नो कार्यक्रम दोहोरिएको खण्डमा आइसिसीको हेड क्वार्टर मै पुगेर निलम्बन फुकुवाको पहल गर्ने पनि बताए । क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले अब पनि समाधान नभए सरकारसँग आग्रह गरेर नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया सुरु गर्नुपर्नेमा पनि उनले जोड दिए ।

केही स्वार्थी तत्वहरुका कारण क्यान विवाद समाधान हुन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा क्यान निलम्बनमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए । क्यानको विवादित कमिटिले अदालतमा मुद्धा दायर गरेर समस्या सामाधान अवरोध गरेको पनि विष्टको आरोप छ ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा सदस्यसचिव विष्टले १३ औँ दक्षिण एसियाली खेलकूल प्रतियोगिता निर्धारित समयमा नै गर्न नेपाल सक्षम रेहेको दावी गरे । विगतमा पटक पटक मिति सार्नुपर्ने बाध्यता आइपरे पनि अब भने आगामी डिसेम्बर एकदेखि प्रतियोगिता सुरु हुने विष्टको जिकिर छ । प्रतियोगिताको लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको पनि विष्टले बताए ।

डिसेम्बरमा पनि नेपालले यो प्रतियोगिता गर्न नसकेको खण्डमा आयोजनाको जिम्मेवारी नै गुमाउन सक्ने विष्टको भनाई छ । “संरचना निर्माण धमाधम भइरहेको छ । नीतिगत समस्या केही छैन । बजेटका विषयमा अध्ययन भइरहेको छ । अब डिसेम्बरमा बल, विवेक, क्षमताको प्रयोग गरेर प्रतियोगिता सम्पन्न गर्नुपर्छ । हुँदैका कि भन्ने आशंका नगर्नुस ।” उनले भने ।

धुर्मुस सुन्तलीले रंगशाला बनाउँने तपाईहरु नसक्ने भन्ने पत्रकारको प्रश्नमा विष्टले यस्तो सोच्नु अल्पज्ञान भएको बताए । सरकारका तर्फबाट दर्जनौँ रंगशाला बनिरहको दावी गर्दै उनले कुनै एउटा रंगशाला निजी क्षेत्रले बनाउँदैमा आफूहरुले केही पनि नगरेको भन्ने सोच नराख्न उनले आग्रह गरे ।

चार वर्षे कार्यकालको प्रगति विवरण

सदस्य सचिव विष्टले आफ्नो चार वर्षे कार्यकालमा गरेका विवरणहरु पनि साक्षात्कारमा प्रस्तुत गरे ।

आफ्नो नियुक्ति निकै संकटग्रस्त समयमा भए पनि सफलतापूर्वक काम गरेको विष्टको दावी छ । भूकम्पपछि खेलकूद संरचना ध्वस्त भएको, राजनीतिक अस्थिरत, सबैजसो खेलकूद संघमा विवाद, बजेटको अभाव जस्ता समस्या चिर्दै आफूले कार्यकाल सफल बनाएको उनको दावी छ ।

आफ्नो कार्यकाललाई स्वर्णकाल बनाउने लक्ष्यका साथ काम सुरु गरेको बताउँदै उनले लक्षित गन्तव्य भेटाएको पनि बताए ।

इतिहासमै पहिलोपटक राखेपको तर्फबाट श्वेत पत्र जारी गरेको उल्लेख गर्दे उनले दलगत स्वार्थबाट माथि उठेर खेल क्षेत्रको स्वार्थका लागि काम गरेर चार वर्ष विताएको विष्टले बताए ।

आफ्नो कार्यकालमा खेल विश्वविद्यालय, खेल अस्पताल, वैदेशिक प्रशिक्षण, अन्तराष्ट्रिय पदक जित्नेलाई आजिवन भत्ताको व्यवस्था गरिएको विष्टले बताए ।

त्यसैगरी खेलाडिको स्वाथ्य, दुर्घटना र जीवन बीमा गर्ने प्रक्रिया सुरु गरिएको विष्टले बताए । विगतमा एक सयभन्दा कम योजना बन्ने गरेकोमा आफूले सात सयभन्दा बढि योजना बनाएर काम गरेको उनले जानकारी दिए ।

विभन्न खेलका लागि आवश्यक भौतिक संरचना बनाएको, कतिपय बन्ने क्रममा रेहको र केहीको प्रक्रिया सुरु गर्न लागिएको फेहरिस्त पनि विष्टले सार्वजनिक गरे ।

फुटबल, कराँते, कुस्ती, बक्सिङ जस्ता खेल संघमा भएको विवाद समाधान गर्नु ठूलो सफलता भएको उनको भनाई थियो । २–२ वर्षमा गर्नुपर्नेमा राष्ट्रिय खेलकूद प्रतियोगिता हुन नसकिरहेको अवस्थामा आफू नियमित गराएको जानकारी पनि विष्टले दिए ।

त्यसैगरी विगतमा नभएको पारा नेशनल खेल प्रतियोगिता, जेष्ठ नागरिकका लागि खेल र तेस्रो लिङ्गीलाई पनि खेल क्षेत्रमा सहभागि गराइएको विष्टले बताए ।

आफ्नो कार्यकालमा क्रिकेटले एक दिवसीय मान्यता पाएको, भलिबल, कबड्डी खेलले पहिलोपटक अन्तराष्ट्रिय पदक जित्न सफल भएकोमा आफू सन्तुष्ट भएको पनि विष्टले बताए ।

विगतमा एक सयभन्दा कम अन्तराष्ट्रिय पदक नेपाल भित्रिने गरेकोमा यस वर्ष त्यो संख्या ११ सय पुगेको पनि विष्टले दावी गरे ।

आफ्नो कार्यकालमा महिलालाई खेल क्षेत्रमा सक्रिय बनाउनका लागि गाउँ गाउँमा प्रशिक्षक पठाएको र आत्मरक्षाको तालिमसमेत प्रदान गरिएको उनले जानकारी दिए ।

आफूले खेलकूद क्षेत्रलाई पर्यटनसँग जोड्ने अवधारणा ल्याएको बताउँदै विष्टले हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि हेलम्बुमा अध्ययन भइरहेको पनि बताए ।

समग्रमा आफ्नो चार वर्षे कार्यकाल सफल भएको उनको दावी थियो । “मलाई सदस्य सचिव बनाउँदा विरोध गर्ने र मन नपराउनेले पनि अहिले मेरो प्रशंसा गर्न थालेका छन् ।” विष्टले भने ।

असार ९ गतेसम्म मात्रै कार्यकाल रहेका विष्टले दोस्रो पटक पनि सदस्य सचिवको जिम्मेवारी पाउने विश्वास गरेका छन् । आफूले पहिलो कार्यकालमा गरेको कामका आधारमा पुनः जिम्मेवारी दिने वातावरण बनेको उनको जिकिर छ ।

२०७६ असार ८ गते प्रकाशित

वि.सं.२०७६ असार ८ आइतवार १४:०२ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...