back
NMB ad

सनातन हिन्दूहरु मिलेर अघि बढ्नुपर्नेमा जोड विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिद्वारा विभिन्न व्यक्तिहरु सम्मानित

Kumari bank ad

काठमाडौं । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले धार्मिक विसंगति तथा विकृतिविरुद्वको बिचार गोष्ठी तथा राष्ट्रिय सम्मान कार्यक्रम आयोजना गरेको छ । शनिवार रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा बिभिन्न पेशा तथा माध्ययमबाट धर्मको जर्गेना गर्ने ब्यक्तिहरुलाई सम्मान प्रदान गरेकोे छ । समितिका केन्द्रिय अध्यक्ष सागर थापाको सभापतत्विमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले विसंगतिहरु हरेक नागरिकले आफैबाट शूरुवात गर्नुपर्ने धारणा ब्यक्त गरे ।

आत्म मुल्याङकलनबाट राम्रो सोच ल्याउन आवश्यक रहेको बताउदै उनले सरकारले विभिन्न विद्येयकहरु तानाशाही शासकको रुपमा ल्याउन खोजेको आरोप लगाए । गोरखापत्रले मात्र छाप्न मिल्नेगरि सरकारले मिडिया बिद्येयक ल्याउन खोजेको भन्दै उनले विधिको शासनको लागि भएका प्रयासलाई विफल पार्न खोजिएको गुनासो पोखे ।
त्यस्तै कार्यक्रममा बोल्दै बैंककेटेश्वर मन्दिर मुल पिठाधेश स्वामी श्री १०००८ पद्मा धराचार्यले प्रकृतिले विसंगति र विकृतिलाई हटाउदै लान बेदको जन्म भएको धारणा राखेका छन ।

अहिले होली वाईन खाने र पशुपतिमा नजानेहरु धेरै रहेको बताउदै नारायणमा नै संसारिक चरित्र घुमिरहेको उनको भनाई छ । ‘हरेक मनुष्यको एक संकल्प हुन्छ । अनेक प्रकारका संकल्पहरुले संसार चलेको छ’–उनले बताए ।
मनुष्यको संकल्पलाई पुरा गराउन बेदको आवश्यकत्ता भएको उनले जनाए । उनले थपे,‘हाम्रा पुर्खाहरु, देव ब्यासिहरु जन्मेको पवित्र जन्म भुमिलाई बचाउन आजको आवश्यकता बनेको छ ।’ ०७२ साल जेठ ४ गते आफ्नै नेपाल आमामाथि बलात्कार भएको बताउदै उनले अझैपनि हिन्दु धर्मप्रति विश्वास राख्दै अघि बढ्न समय रहेको बताए ।
नेपाल सरकारका पूर्व रक्षासचिव चक्रबन्धु अर्यालले पनि सनातन हिन्दूहरु मिलेर अघि बढ््नुपर्नेमा जोड दिए ।
विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले अहिले समाजिक मुल्य र मान्यतालाई युवा वर्गले धार्मिक धरोहरको निम्ति युवाहरु अगाडि बढनु निकै सौहार्दपूर्ण रहेको धारणा राखेकी छन ।
अहिले देशमा सम्मानित ब्यक्तिहरुले मुलुकको हितमा काम नगरेको बताउदै उनले हिन्दु अधिराज्य नेपाललाई राज्यबाटै अस्तित्वहिन बनाउने खेल भएको आरोप लगाइन । अहिले देशमा विदेशी शक्तिहरुको चलखेल भईरहेको बताउदै त्यसप्रति सबै सचेत हुन आवश्यक रहको उनको भनाई  छ ।

सरकारले लागु गर्न चाहेको गुठि विद्येयक खेदजन्य रहेको बताउदै खारेजको नाममा जनताको आँखामा छारो हाल्ने काम हुन नहुने पनि भण्डारीले ध्यानाकार्षण गराईन । इन्डो–प्यासेफिकको नाममा अमेरिकी सेनालाई नेपालमा परिचालन गर्ने अभ्यास भईरहको भन्दै हालै पोखरामा भएको अमेरिकी सैनिकको अभ्यासलाई चलखेलै रुपमा आफुहरुले बुझेको पनि भण्डारीको भनाई छ । सरकाले मिडिया विद्येयकको नाममा ब्यक्तिको वाक स्वतन्त्रतालाई बन्देज गर्न खोजको उनको आरोप छ । त्यस्तै कार्यक्रममा बोल्दै हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले सकारात्मक सोचको विकासमा जोड दिन आग्रह गरेका छन । धर्मले सोचमात्र नभई समाज र राष्ट्रमा आमूल परिवर्तन ल्याउन सक्ने उनको दाबी छ । जनतामा असुन्तुष्टि भए शासकमा पनि त्यही नियमको पालना हुन जाने बताउँदै उनले नीति तथा नियमहरु बन्दा देशको माटो छोएर नभएर विदेशीको सहकार्यमा हुने उनले गुनासो पोखे । सरकारले ल्याउन खोजेका विभिन्न विद्येयकहरु कसको कति ताकत छ ?हेरौ न त ? भन्ने सवालमा मात्र हेर्न खोजेको उनको भनाई छ । हरेक दिन बिमानस्थलमा लास आउने क्रम बढिरहेको बताउदै उनले सामन्ती परिवेषबाट आएकाहरुले जनताको पीडा नदेख्ने बताए । हिन्दु धर्मबाहेक कुनैपनि धर्मले सबै धर्म समान हुन भन्ने हैसियत नराख्ने भन्दै आफुहरुले स्वधर्ममा जोड दिर्नुपर्ने प्रष्ट पारेका छन ।

आफुहरु धर्मको माध्ययबाट देश विकास तथा परिवर्तन गरेर देखाउन तयार रहेको जनाउदै विदेशी धर्मलाई नेपालमा बन्द गर्नुपर्ने उनको माग छ । ‘नेपालमा रहेका चर्च, मस्जिद्हरु पनि गुठिजस्तै रहेको बताउदै सरकार त्यस्ता विषयमा किन कानमा तेल हालेर बस्छ’ ? भन्दै उनले प्रतिप्रश्न समेत गरे ।‘नेपालको धर्म र संस्कृतिलाई बेच्ने प्रयास भएको छ, धर्म संरक्षणमा लाग्न सबैको ध्यान जाओस’–उनले थपे । त्यस्तै कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता विजयजंग बस्नेतले आफुले दई सय दुई वेवारिसे लास हरुलाई हिन्दु धर्म अनुसार अन्तेष्ठि गर्दे आएको बताए । हिन्दुधर्मलाई पैसाले किनबेच गर्ने कोशिस भईरहेको जनाउदै पैसालेमात्र जीवन सार्थक नहुने आफुले प्रमाणित गर्न खोजेकोे उनको भनाई छ ।
पैसाले भावना किनबेच गर्न नसकिने जनाउँदै भावनाको कदरको संस्कार नेपालमा हराईसकेको उनको टिप्पणी थियो । आफुले भएको चार आना जग्गा धितो राखेर सेवामा लागेको जनाउँदै बेवारिसे लाशहरुको खोजिमा आफु हरेक दिन हिड्ने गरेको उनले जनाए ।

कुनै नाफा तथा नामको पछाडी आफ्नो कामको स्वार्थ नरहेको जानकारी गराउदै उनले २३ जिल्लासम्म आफ्नो सञ्जाल बिस्तार भईसकेको र ७७ जिल्लामा भेटिएका बेवारिसे लासहरुको धर्मसम्बत संस्कार गराउने आफ्नो लक्ष्य रहेको पनि बस्नेतले सुनाए । आफुलाई लासहरुको माया लाग्ने गरेको उनको भनाई छ । ‘म हरेक लासहरुलाई जिउँदो मान्छे देख्छु’ उनले थपे,‘मलाई पनि खाने लाउने, ठुला ठुला मोबाईल बोकेर हिँड्ने रहर नभएको होईन, तर आफ्नो धर्मप्रतिको आस्था र कर्मको विश्वासले मलाई मेरा रहर ठुला कहिल्यै लागेनन् ।’आफ्ना बुवाको लास तीन दिनपछि बेवारिसे अवस्थामा भेटिएको बेलादेखि आफ्नोजस्तै पीडा र एक्लोपनको महशुुस कसैले नदेखुन भन्ने विचार आफुमा रहको उनले बताए । त्यस्तै कार्यक्रममा बोल्दै भागवत मञ्जरी राधिका दासी महाराजजीले आफुले कुनै दिन काठमाडौंको कलेजमा पढाउने गरेको स्मरण गर्दे आफुलाई भागवत पढ्ने शिक्षा हिन्दुका अराध्येदेव पशुपतिनाथ बाटै प्राप्त भएको स्मरण गराईन् । आफु बच्चा हुँदादेखि नै घरमा बाइबल बोकेर आउनेहरुलाई हजुरबुवाले लौरो बोकेर भगाउने गरेको बताउदै क्रिष्ट्रियनहरु नेपालमा धर्म प्रचारमा पहिल्यैदेखि लागेको बताईन ।

जीवन नै एक खुला किताव रहेको बताउदै उनले विज्ञानले पनि खुटा जोड्ने गरेको, मुटुको शल्यक्रिया गर्ने गरेको भएपनी दिमाग राख्न नसकेकोले ध्यान र धर्ममा सबैको एकमत हुनुपर्ने धारणा उनले ब्यक्त गरिन ।आफुहरुले ‘माया घर’ सञ्चालनमा ल्याएको बताउँदै उनले समाजबाट अपहेलित तथा बौलाहको संज्ञा दिएकाहरुलाई उपचार गराएर आश्रमको भक्ति संगित तथा सहयोगका कार्यहरु कुशल रुपमा गर्दै आएको पनि उनले बताईन् । विसंगति विरुद्वका यस्ता कार्यक्रमहरुले युवाहरुलाई अझ जागरण हुन मद्दत पुग्ने उनको धारणा छ ।कार्यक्रममा समाजमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

२०७६ असार ८ गते प्रकाशित

वि.सं.२०७६ असार ८ आइतवार १४:२९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...