back
NMB ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा नै सञ्चालनमा

Kumari bank ad

काठमाडौं । गत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवार अर्थात आज देखि पूर्ववत् रूपमै सञ्चालनमा आएको छ। तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको अधिकारीहरूको भनाइ छ।

विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग (ट्याक्सी वे) र विमानस्थल भित्री सडकको निर्माणको काम भने दुई महिनापछि सुरु गरिनेछ।
झन्डै ४० वर्षपछि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको उक्त धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै तीन महिनाका लागि विमानस्थल १० घण्टा बन्द गरिएको थियो। त्यो अवधिमा राति १० बजेदेखि बिहान ८ बजेसम्म कुनै पनि उडान हुन पाएका थिएनन्।

चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको अधिकारीहरूको भनाइ छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, सोमवार बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म दैनिक २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याउँदैछौँ। तोकिएकै गुणस्तर र समय मा नै धावनमार्ग निर्माणको काम सकिएकाले विमान कम्पनीहरूलाई पुनः पहिलाकै समय तालिका बमोजिम उडान सञ्चालन गर्न भनेका छौँ।

तीन महिलाको अवधिमा विमानस्थल राति १० बजे नै बन्द गरेर रातभरि निर्माणको काम गरिएको थियो। त्यतिखेर तोकिएको समयभन्दा केही ढिला उडानका लागि तयार भएको नेपाल वायुसेवा निगमको विमान उड्न नदिएको विषयले निकै चर्चा पाएको थियो। त्रिभुवन विमानस्थलमा दैनिक औसत चार सय पटक उडान र अवतरण हुने गर्छन्।

नयाँ कालोपत्र गरिएसँगै कम्तीमा अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या अन्त्य भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ। क्षेत्रीले भने, गत वर्षको वर्षाको मौसममा मात्रै पाँच पटकसम्म धावनमार्गमा खाल्डो परेर जहाजलाई आकाशमै होल्ड गराउनु परेको थियो। अब भने त्यो समस्याको अन्त्य भएको छ। अब धावनमार्ग र ट्याक्सी वे मा कम्तीमा १० वर्ष कुनै समस्या हुँदैन। त्यो हुनेबितिक्कै अब विमानस्थल २४ घण्टा पनि सञ्चालन गर्न सक्छौँ।

धावनमार्गको काम सकिए पनि विमानहरू उड्नु अगाडि प्रयोग गर्ने मार्ग ट्याक्सी वे र विमानस्थल भित्री सडकको निर्माणको काम भने अझै बाँकी रहेको छ। जुन काम अबको दुई महिनापछि सुरु गरिने र उक्त अवधिमा राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल फेरि बन्द गरिने बताइएको छ। धावनमार्ग लगायतको कामका लागि तीन अर्ब ७८ करोड रुपैयाँ छुट्याइएको छ। धावनमार्गलाई तीन सय मिटर विस्तार लगायतका अन्य निर्माणका लागि पनि छुट्टै ठेक्का मार्फत् काम भइरहेको बताइएको छ। उक्त काम भने आगामी वर्षको असारसम्ममा मात्रै सकिने अनुमान गरिएको छ। (स्रोतः विजशाला)

२०७६ असार १६ गते प्रकाशित

वि.सं.२०७६ असार १६ सोमवार ११:२६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...