back
NMB ad

प्रथम पाक–कलामा सुनसरी नेपाली प्रथम, उनले एक लाख पुरस्कार प्राप्त गरिन

Kumari bank ad

काठमाडौं । नेपालमै पहिलो पटक प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना/स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार, विकास सहयोग (एसडीसी) को सहयोगमा आयोजित प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ शुक्रबार सम्पन्न भएको छ ।

पोखरामा शुक्रबार सम्पन्न भएको पाककलामा आधारित राष्ट्रिय सीप प्रतियोगितामा प्रदेश नम्बर ३ की सुनसरी नेपाली प्रथम भइन । प्रथम पुरस्कार विजेता नेपालीले नगद रु १ लाख रुपैयाँ प्राप्त गरिन । औपचारिक तालीम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान र प्रष्फुटन गराउने मूल उद्देश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिताको आयोजना हुन गरिएको हो, जसमा देशका सात वटै प्रदेशबाट पहिलो चरणको प्रतियोगिताबाट छानिएका १४ जना प्रतिष्पर्धीहरूबीच शुक्रबार साँझ पोखरा ग्राण्डमा १४ जना फाइनल चरणमा प्रतियोगिता भएको थियो ।

सातै प्रदेशका १ सय ६३ जना प्रतियोगिहरुबाट विभिन्न चरणमा छनौट गरी फाइनल चरणमा १४ जना छनौट भएका थिए ।
प्रतियोगितामा प्रदेश नं ३ सुनसरी नेपाली प्रथम भइन भने प्रदेश नम्बर ३ कै रमेश थापाले दोस्रो स्थान हासिल गरे । थापाले नगद ७५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी प्रदेश नम्बर ५ का ओमप्रसाद ढकालले तेस्रोे हुदै ५० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् । काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले यो प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरेको थियो ।

प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्र्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भइरहेको वेलामा प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए । पर्यटन गण्डकी प्रदेशको प्राथमिकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पाककलाजस्तो पर्यटन क्षेत्रको महत्त्वपूर्ण प्रतिस्पर्धाको थालनी पोखराबाटै आरम्भ भएकोमा सह्राहना व्यक्त गरे । गण्डकी प्रदेशका सांसद मीना गुरुङले प्राविधिक तथा सीपमूलक शिक्षाले देशमा रहेको बेरोजगारीको समस्या हल गर्न सकिने विश्वास व्यक्त गरिन् भने पोखरा महानगरपालिकाको मेयर मानबहादुर जीसीले पोखरा उपमहानरपालिकाले प्राविधिक शिक्षालाई समृद्धिको पूर्व सर्तको रुपमा अंगिकार गरेको भन्दै यो प्रतियोगिताले आम बेरोजगार युवामा श्रम प्रतिको सम्मानलाई अझै उजागर गर्ने विचार व्यक्त गरे ।

नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजनाका राष्ट्रिय टिम लिडर देवीप्रसाद दाहाल नेपालमा पनि अन्तराष्ट्रिय स्तरको दक्षता मापन प्रणाली स्विस सरकारको सहयोगमा तयारी भइरहेको जानकारी दिँदै यस्ता प्रतियोगिताबाट देशमा लुकेर रहेका सीपयुक्त जनशक्तिको दक्षता बाहिर ल्याउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे । प्र्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी) सदस्य सचिव रमेश बखतीले नेपालमा प्राविधिक शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा परिषद्ले हालसम्म सञ्चालित कार्यक्रमहरूबाट हजारौं नेपाली युवा दक्ष भइसकेको बताए । । नेपाल भ्रमण वर्ष मनाउने तयारी गरी रहदा नेपालमा प्राविधिक तथा दक्ष जनशक्ति अभाव भएको सन्दर्भमा यस्ता प्रतियोगिताले प्राविधिक जनशत्ति उत्पादन गर्न टेवा पुग्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बखतीले जनाए ।

शिक्षविद् डा. कुलबहादुर बस्नेतले अब गरिखाने सीप नै राष्ट्रिय समृद्धिको आधार भएको धारणा व्यक्त गरे । प्रतियोगिताको निर्णायकमा वरिष्ठ सेफ गोविन्दनरसिंह केसी, एल.बी.कौशल, राजकुमार लामा रहेका थिए भने सेफ एशोसियसनका अध्यक्ष श्रीराम अधिकारीले अनुगमन गरेका थिए ।

२०७६ असार १६ गते प्रकाशित

वि.सं.२०७६ असार १६ सोमवार ११:५३ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...