back
NMB ad

राधी विद्युत् कम्पनीले १०% लाभांश अनुमोदन सहितका प्रस्तावहरु राखेर डाक्यो साधारण सभा ,को को छन् लाभांस पाउने?

Kumari bank ad

काठमाडौं । राधी विद्युत् कम्पनीले  १०% लाभांश अनुमोदन सहितका प्रस्तावहरु राखेर साधारण सभा डोकेको छ । कम्पनीले आइतबार (असार २९ गते) साधारण सभा डाकेको  हो । सभा प्रयोजनका लागि कम्पनीले असार ९ गते सोमबारदेखि २२ सम्म बुक क्लोज गरेको छ ।

राधीको गत जेठ २७ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ५% बोनस सेयर र ५% नगद लाभांश दिने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ । असार ८ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् । राधीले गत वर्ष पनि ५% बोनस र ५% नगद गरी कुल १०% नै लाभांश दिएको थियो ।

सञ्चालक समिति अध्यक्षले पेश गर्ने आर्थिक वर्ष ०७४/७५ को वार्षिक प्रतिवदेनमा छलफल, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका एजेन्डा पनि राखिएका छन् ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ७२ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ । चैत मसान्तसम्म राधीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा छ । यस अवधिमा कम्पनीको चुक्ता पुँजी ४५ करोड १० लाख रुपैयाँ छ ।

२०७६ असार २५ गते प्रकाशित

वि.सं.२०७६ असार २५ बुधवार १५:०० मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...