back
NMB ad

मलाई नपुंसक बनाईयो, मर्न जाँदा आमा पनि संगै मर्न जान खोज्छिन

Kumari bank ad

काठमाडौं । नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ब्यक्तिले आफुलाई अहिलेको हालतमा पुर्याएको उनको भनाई छ ।

सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफुलाई बेहोस बनाएर जवरजस्ती आफ्नो लिङग परिवर्तन गराउने काम भएको उनले सुनाईन् । उनले घट्ना स्मरण गर्दैै भनिन्,‘म त्यहाँ कुनै होटेलमा वेटरको काम गरिरहेको थिएँ, त्यही बेला एक जना नेपाली तेश्रो लिङगी महिलाले मलाई यहाँभन्दा दोब्बर तलब पाउने प्रलोभन देखाई आफ्नो डेरामा लगेर गएका थिए ।’

एक(दुई दिन आफुलाई कुनै काम नलगाएपनि पाकिस्तानले वायुमा कुनै हानिकारक ग्याँस छोडेको जनाउदै त्यसको एन्टीवायोटिक औषधिको रुपमा आफुलाई अस्पतालबाट एक जना डक्टर र नर्स बोलाएर सिरिन्ज लगाएको र त्यसपछि होसमा आउँदा फेरि सिरिन्ज लगाएर महिनौं सम्म बेहोस बनाएर राखेको उनको भनाई छ ।

आफुलाई चार(पाँच दिनमा होसमा आउदा पुनः सिरिन्ज लगाएर बेहोस बनाई राखेको भन्दै उनले यस्तो प्रक्रिया तीन महिनासम्म चलेको उनले सुनाईन् । उनले थपिन्,‘करिव साढे तीन महिनापछि मलाई थाहै नभएको अस्पतालबाट पुनः जम्बु ल्याए ।’

आफुलाई जहाँ लैजाँदा पनि बेहोस बनाएर लैजाने गरेका कारण आफुलाई कहाँ, किन र के कारणका लागि लैैजाँदैछ भन्ने कुनै थाहा नभएको पनि उनले सुनाईन् । आफुलाई अस्तपालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण आफुमा महिलाको ‘हर्मोन’ विकास भएको उनले स्पष्ट पारिन् ।

आफ्नो लिङग परिवर्तन गराईसकेपछि दुई बर्षसम्म समलिङगीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका कामहरु गर्न लगाउने र कमाएको पैसा लुटेर लैजाने गरेको पनि उनले बताईन् ।आफ्नो गोप्य अंग काटेर फालेको र लिङग परिवर्तन गराएको कुरा महशुस भएपछि आफुलाई सोध्नेसम्मको आँट नभएको उनको भनाई छ ।

अहिले आफ्नो लिङग काटेर फालेको र सिलाएर पिसाव गर्ने ठाँउमात्र राखेको भन्दै आफ्नो शरिरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उनले जनाईन् । उनले आफ्नो शरीरभित्र पाठेघर नभएको र अहिलेसम्म रजश्वला पनि नभएको जनाईन् । उनले अहिले आएर आफूमा महिलासम्बन्धी विचारहरु आएपनि आफु पूर्ण महिलाको रुपमा विकास भैनसकेको पनि सुनाईन् । ‘मलाई नपुसक बनाईयो । मर्न जाँदा आमा पनि संगै मर्न जान खोज्छिन । परिवारको जर्रो टार्न कामको लागि भारत गएको थिएँ । अहिले आफ्न्तको अगाडि मलाई बाँच्न नसक्ने बनाईयो ।’–उनको भनाई छ ।

आफुमा बाँच्ने कुनै रहर नभएको बताउँदै उनले यो उमेरमा आफुलाई यस्तो हालतमा पु¥याउनेको हालत आफ्नैजस्तै होस भन्ने पनि चाहना व्यक्त गरिन् । आफुलाई परेको गम्भिर समस्याको बारेमा सरकारको ध्यानाकर्षण होस भन्दै आफु मिडियामा उनको भनाई छ । मालले भनिन्,‘जीवनमा के गरेर बाँच्ने ? के खाने ? कहाँ बस्ने ? मलाई यी कुराले पिरोलेको छ, यी सबै कुराको सरकारले व्यवस्था गरिदिन पनि म यहीँबाट आग्रह गर्दछु ।’

‘मलाई बाच्न शक्तिको आवश्यकत्ता छ । सरकारले कुनै रोजगारीको सुनिश्चितता गरिदिए म विगत बिर्सेर आफ्नो काममा लाग्ने थिएँ’–उनले विलौना गरिन् । ‘अब मेरो परिवार छैन । मैले सन्तान जन्माउन सक्दिन । न त केटानै बन्न सक्छु । पिसाव गर्दा पहिला राम्रैसंग भएपनि अहिले आएर लुगा भिज्ने गरि छरिने र राम्रो संग नहुने जस्ता समस्या देखिँदै आएका छन्’–उनले दुःखेसो पोखिन् । अब आफ्नो भन्ने कोही नभएको र परिवारिक अवस्थापनि दिन प्रतिदिन कमजोर बन्दै गएका कारण पूनः शल्यक्रिया गर्ने आफ्नो हैसियत नभएकोले झन ठूलो समस्यामा परेको उनको गुनासो छ ।

‘म पनि मानिस हुँ । मेरो पनि बाँच्ने रहर छ । तर, सरकारले कानून नै छैन भन्ने गरेको छ । अब यस्तो बिषयमा म के गरेर जीवन बिताउने ?’–उनले प्रश्न गरिन् । काठमाडौमा आफु न्याय माग्नको लागि आएको उनले सुनाईन । उनले थपिन्,‘म काठमाडौंमा अलपत्रजस्तै परेको छु, सरकारसंग मेरो एउटामात्रै आग्रह भनेको मलाई बाँच्ने आधार र वातावरण बनाईदिनुपर्यो ।’

उनले काठमाडौंमा आफूलाई ‘न्यू संखुवासभा गेस्ट हाउस’ ले खाने र बस्ने व्यवस्था गरिदिएको जनाईन् । उनले भनिन्,‘अहिलेसम्म त यो गेष्टहाउले मलाई खाने बस्ने व्यवस्था गरिदिएको छ, अब आउने दिनमा के गर्ने र कता जाने ? भन्नेबारे मसँग कुनै आधार छैन् ।’ उक्त गेस्टहाउसका मालिक टंकलाई धन्यवाद दिँदै सरकारले पनि आफुमा कुनैै गुण लगाए बाँच्ने आशा पलाउने थियो भन्ने उनको भनाई थियो । गाँउमा आफ्न्तले छोरा भए बुहारी ल्याउँथे, छोरी भए कन्यादान गर्थें भन्दै मजाक उडाउने गरेको कारण आफुलाई गाउँ फर्कन मन नभएको उनले पीडा पोखिन् ।

करिव चार वर्षसम्म आफुले भारतमा नरकीय जीवन बिताएको भन्दै उनले आफूलाई यो हालतमा पुर्याउने आरोपीलाई जतिसक्दो चाँडो कानूनी कारवाहीको दायरमा ल्याउन नेपाल सरकार र मिडिया जगतले भूमिका खेलिदिनुपर्ने आग्रह गरिन् । कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी लिन नमानेको उनको भनाई छ । उनले भनिन्,‘मेरो लािग प्रहरीले पनि कुनैै न्यायको प्रयास नगरेपछि ममा आत्महत्याको विचार पलाउदै आएको थियो, तर मलाई आत्महत्या गर्नबाट परिवारकै सदस्यले रोक्ने काम गर्नुभयो ।’

आफुले प्रहरीसंग उक्त केसमा मुद्दा दर्ताको बिषयमा जानकारी लिन खोज्दा उल्टै आफ्ना दाजुलाई दुई घण्टासम्म थुनामा राखेको पनि उनको भनाई छ । ‘म समाजमा बस्न नसक्ने अवस्थामा पुगेकी छु । म बच्चा जन्माउन पनि समर्थ छैन र बुवा बन्न सक्ने अवस्थामा छैन । अब मैले कसरी जीवन बिताउने ? मेरो आधार भन्ने केही छैन ?’–उनको भनाई छ । ‘सरकार म बाँच्न चाहान्छु । मलाई केहि गरेर खाने वातावरण बनाई दियोस ’उनको भनाई रहेको छ ।

२०७६ असार २६ प्रकाशित

 

वि.सं.२०७६ असार २६ बिहीवार १३:३७ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...