back
NMB ad

एक नेपालीले ‘एक किताब’ अभियान

Kumari bank ad

काठमाडौं । नेपालमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था शिक्षा नेपालले सन् २०१२ देखि एक नेपालीले ‘एक किताब’ इभेन्ट आयोजना गर्दै आईरहेको छ । “आफुु पढौं र अरुलाई पढ्न सघाऔं” भन्ने नाराका साथ यही बर्षको अगष्ट १० देखि १२ तारिख सम्म यस इभेन्टमा दश हजार नेपालीले एक एक किताब दिनेछन् । किताब घरबाट ल्याउन पनि सक्नेछन् वा इभेन्टकै स्टलमा रहेको किताब किनेर पनि दिन सक्नेछन् ।

हजारौं नेपालीहरु सहभागि हुने यस कार्यक्रममा १०० स्वंसेवकहरुले तयार गरेका बिभिन्न स्टलहरु पनि अवलोकन गर्नुका साथै युवाहरुको साहित्यिक तथा साङ्गीतिक प्रस्तुतिहरुमा पनि रमाउन सक्नेछन् । चर्चित साहित्यकार, कलाकार तथा विभिन्न क्षेत्रका किताबप्रेमीहरुको सहभागितमा यस कार्यक्रम प्रज्ञाप्रतिष्ठानको भानुभक्त हलमा हुनेछ । यस इभेन्ट तीन दिन हरेक दिन बिहान १० बजेदेखि सुरु भई बेलुका ४ बजेसम्म चल्नेछ ।

योे इभेन्ट भन्दा एक महिना अगाडी नै देखि सय जना युवाहरुले ९०,००० बालकथाका किताबहरु संकलन गर्ने लक्ष्य लिएका छन् । त्यसमा तीन दिनमा प्राप्त बालकथाका किताबहरु जोडेर हुने एक लाख बालकथाका किताबहरु दुर्गम गाउँका बालबालिकाहरुको हातमा पुर्याउनेछौं ।

एक किताब अभियानको लक्ष्य सन् २०३० सम्ममा एक करोड बालकथाका किताबहरु बाँड्ने रहेको छ । यस अघि नै एक लाख किताबहरु बाँडेर १४ जिल्लाका एक सय स्कुलहरुमा अध्यनरत हजारौं नानीहरुको हातमा किताब पुुगिसकेको छ । एक करोड किताबको लक्ष्यबाट बाँडिएका किताबहरुबाट हजारौं स्कुलहरुमा बालपुस्तकालयहरु स्थापना हुनेछन् ।

२०७६ असार २६ प्रकाशित

 

वि.सं.२०७६ असार २६ बिहीवार १३:४८ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...