back
NMB ad

जनताले महसुस गर्ने गरी विकासको काम अघि बढाउन प्रमद्धारा सचिव र मन्त्रीहरुलाई प्रतिवद्धतामा हस्ताक्षर

Kumari bank ad

काठमाडौं । आज बिहान सिंहदरबारमा जारी आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम आयोजना गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७६/७७ का लागि मन्त्रालयका सचिवहरुसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्ने भएपछि त्यसकै लागि आज बिहान उक्त कार्यक्रममा विभागी मन्त्रीहरु तथा सबै मन्त्रालयका सचिवहरु उपस्थित भएका थिए।

आर्थिक वर्ष २०७६/७७ का लागि सबै मन्त्रालयबाट मन्त्रालयगत योजना मागेपछि प्रधानमन्त्री ओलीले कार्यसम्पादन सम्झौता गर्न लागेका हुन् । प्रधानमन्त्रीले सबै मन्त्रालयबाट यो आर्थिक वर्षमा कार्यान्वयन गरिने योजना माग्नु भएको छ। तिनको अध्ययनपछि कार्यान्वयनका लागि मन्त्री र सचिवहरुसँग करार सम्झौता गर्ने योजना छु, प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने, पहिले मन्त्री र सचिव बसेर यो प्रक्रिया पुरा गर्ने चलन थियो। तर यो पटक सचिव र मन्त्री दुवैलाई सँगै राखेर प्रधानमन्त्री कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गराउन लाग्नुभएको हो।

आजको छलफलमा मन्त्रालयगत छलफल गरेपछि प्रधानन्त्रीले मन्त्री र सचिवहरुबाट योजना कार्यान्वयनको प्रतिवद्धता माग्ने छन्। साथै त्यो प्रतिवद्धता पत्रमा हस्ताक्षर गराइने भएको छ। प्रधानमन्त्री ओलीले गत वर्ष पनि मन्त्री र सचिवहरूसँग प्रतिबद्धता लिएका थिए।

प्रधानमन्त्री ओलीले यो पटक जनताले महसुस गर्ने गरी विकासको काम अघि बढाउने बताउँदै आएका छन्। त्यही कारण प्रमले सचिव र मन्त्रीहरुलाई एकै ठाउँ राखेर प्रतिवद्धता पत्रमा हस्ताक्षर गराउन लागेका हुन्। प्रधानमन्त्रीले हरेक मन्त्रालयबाट सचिव र मन्त्रीलाई अलग अलग प्रतिवद्धता पत्रमा हस्ताक्षर गराउने कार्यक्रम छ। सचिवलाई मात्रै नभएर मन्त्रीलाई यो सम्झौता पत्रमा हस्ताक्षर गरेर त्यही अनुसार परिणाम निकाल्ने गरी काम गराउने योजना प्रधानमन्त्रीले बनाएका छन्।

२०७६ साउन १५ गते प्रकाशित

वि.सं.२०७६ साउन १५ बुधवार १४:४९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...