back
NMB ad

कञ्चपुरमा ११ निर्माण कम्पनीलाई कारवाही, २ करोड बढि जरिवाना असुल

Kumari bank ad

कञ्चनपुर । डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माण कार्य पूरा नगर्ने ११ निर्माण कम्पनीलाई कारवाही गरेको छ ।

कारवाहीमा परेका ११ निर्माण कम्पनीबाट हर्जाना स्वरुप २ करोड ११ लाख ६६ हजार असुल गरिएको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । पहिलो चरणमा कारवाही स्वरुप हजर्ना लिएको कार्यालयले थपिएको म्यादभित्र पनि काम सम्पन्न नगरे धरौटी जफत गरेर, ठेक्का रद्द गरी कालो सूचीमा राखिने चेतावनी समेत दिएको छ ।

डिभिजन सडक कार्यालय कञ्चनपुरले कैलाली र कञ्चनपुरमा काम निर्माणाधीन अवस्थामा रहेका साना र ठूला गरी ५४ वटा पुलमध्ये ९ वटा पुल निर्माण सम्पन्न भएको जनाएको छ ।

डिभिजन सडक कार्यालय अन्तर्गत निर्माण भइरहेका फुलवारी खोली पुल, ओदाल खोला पुल, खग्रौला खोला पुल र सन्तोषी खोला पुलका साथै इन्द्रवती वन समुदाय पिपल चौतारा हुँदै भारतीय सीमाना, बसै–फटइ–मटिया–बन्दा ताल बेलौरी, चिसापानी–मंगलसेन लगायतका सडकको तोकिएको समय सकिँदा समेत निर्माण सम्पन्न नहुँदा अलपत्र अवस्थामा छन् ।

वि.सं.२०७६ साउन २२ बुधवार १६:४३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...