back
NMB ad

म्याग्दी ६ स्थानीय तहलाई ४ करोड वितरण

Kumari bank ad

म्याग्दी। जिल्ला समन्वय म्याग्दीले जिल्लाका ६ स्थानीय तहलाई करीब ४ करोड रुपैयाँ बजेट वितरण गरेको छ । जिल्ला समन्वय म्याग्दीको कोषबाट बेनी नगरपालिकालाई ८० लाख र पाँचओटा गाउँपालिकालाई ६० लाख रुपैयाँका दरले ३ लाख ८० हजार रुपैयाँ बजेट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

तत्कालीन जिल्ला विकास समितिको १५ ओटा खाताबाट जिसस कोषमा जम्मा भएको रकममध्ये कर्मचारीहरूको कल्याणकारी कोषमा छुट्याएर बाँकी रहेको बजेटलाई स्थानीय तहमा पूर्वाधार निर्माणमा विनियोजन गर्न थालेको हो ।
जिससको कोषमा सात करोड ५५ लाख ८३ हजार ५९३ रुपैयाँ थियो । सो कोषको रकममा कर्मचारीहरूको कल्याणकारी कोषमा ४४ लाख ५५ हजार २४ रुपैयाँ छुट्याइएको छ ।

चौथो जिल्ला सभाबाट स्थानीय तहहरूको भवन निर्माण प्रयोजनको लागि बजेट विनियोजन गरिएको जिससका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए । कोषमा बाँकी रहेको ३ करोड ३१ लाख बजेट पनि आवश्यकताको आधारमा स्थानीय तहहरूलाई नै उपलब्ध गराइने केसीले बताए ।

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार १२:१५ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...