back
NMB ad

एक दर्जन बैंकको प्रगति विवरण सार्वजनिक

Kumari bank ad
काठमाडौं । वर्ष दिनसम्मको कमाई विवरण सार्वजनिक गर्ने क्रम जारी छ । यसैक्रममा अहिलेसम्म एक दर्जन वाणिज्य बैंकले पनि आफ्ना वार्षिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । हाल २८ वाणिज्य बैंक सञ्चालनमा छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांशको प्रमुख वित्तीय सूचकमा सुधार आएको छ । नाफा बढेको छ । प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानी, सञ्चालन नाफा लगायतमा पनि क्रमशः सुधार हुँदै गएको देखिन्छ ।
कुन वाणिज्य बैंकको अवस्था कस्तो ?
९ बैंकको चुक्ता पुँजी बढ्यो, ३ को यथावत
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा वित्तीय विवरण सार्वजनिक गर्ने १२ बैंकमध्ये ९ को चुक्ता पुँजी बढेको छ भने  ३ वटाको पुँजी अघिल्लो वर्षकै यथावत रहेको छ । अघिल्लो वर्षकै पुँजी कायम हुनेमा एभरेष्ट, माछापुच्छ्रे र सानिमा बैंक रहेका छन् । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा नेपाल बैंक परेको छ ।

यसको चुक्ता पुँजी २१.९८% ले बढे ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी कृषि विकास बैंकको १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । तर यो पुँजीमा नेपाल सरकारको अग्राधिकार सेयर समेत सामेल छ ।

८ बैंकको रिजर्भ कोष बढ्दा ४ को भने घट्यो
यस अवधिमा ८ बैंकको रिजर्भ कोष बढेको छ ४ को रिजर्भ घटेको छ । सबैभन्दा धेरै जगेडा कोष सानिमा बैंकले बढाएको छ । सानिमाको रिजर्भ कोष ३६.७८% ले बढेर २ अर्ब २५ करोड ६९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै रिजर्भ कोष हुनेमा भने कृषि विकास बैंक परेको छ । यसको रिजर्भ १०.३७% ले बढेर १० अर्ब ४० करोड ८९ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यता, रिजर्भ कोष अझै घट्नेमा भने सिटिजन्स, माछापुच्छ, नेपाल बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।

११ बैंकको नाफा बढ्यो
गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म आइपुग्दा ११ वटा बैंकको खुद नाफा बढेको छ । नेपाल बैंकको भने नाफा १८.७७% ले घटेर २ अर्ब ६१ करोड १९ लाख ८० हजार रुपैयाँमा आएको छ । यता, सबैभन्दा धेरै नाफा बढाउनेमा प्रभु बैंक रहेको छ ।

प्रभुको नाफा ११२.०४% ले बढेर २ अर्ब ५ करोड ५ लाख ६४ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा बढी नाफा कृषि विकासले कमाएको छ । कृषिको नाफा १९.१५% ले बढेर ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी कसरी बढ्यो ? 
वित्तीय विवरण सार्वजनिक गर्ने १२ वाणिज्य बैंक मध्ये ११ को खुद ब्याज आम्दानी बढेको छ । सबैभन्दा बढी प्रभु बैंकले ६२.१४% ले खुद ब्याज आम्दानी वृद्धि गरेको छ ।

नेपाल बैंकको भने खुद ब्याज आम्दानी ३.२६% ले घटेर ६ अर्ब १७ करोड ९१ लाख ३१ हजार रुपैयाँमा झरेको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी भने कृषि विकास बैंकको रहेको छ ।

११ बैंकको प्रतिसेयर आम्दानी बढ्यो
 १२ वाणिज्य बैंक मध्ये ११ वटाको प्रतिसेयर आम्दानी बढेको छ । यता, नेपाल बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८३ पैसाले घटेर २७ रुपैयाँ १५ पैसामा आएको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा प्रभु बैंक रहेको छ ।

प्रभुको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसाले बढेर २४ रुपैयाँ १८ पैसा पुगेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी कृषि विकास बैंकको छ । यस बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८६ पैसाले बढेर ४४ रुपैयाँ ६७ पैसा पुगेको छ ।  (साभारः नेपाली पैसा)

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार १२:२३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...