back
NMB ad

धादिङको दरिगांल खोलामा डुबेर बेपत्ता दुई युवाको शव भेटियो

Kumari bank ad

धादिङ । धादिङको दरिगांल खोलामा डुबेका दुई युवाको शव भेटिएको छ । शनिबार बिहान गजुरी गाउँपालिका–६ स्थित दरिगांल खोलामा नुहाउन गएका २२ वर्षीय सुमन स्याङ्तान र २१ वर्षीय भीम घलाङ डुबेर बेपत्ता भएका थिए ।

उनीहरूसँगै नुहाउन गएका अरु दुईजनाले भने पौडेर ज्यान जोगाएका थिए । शनिबार बिहान १० बजेतिर डुबेका युवाको शव स्थानीयले दिउँसो २ बजेपछि निकालेका हुन ।

खोलामा डुबेर दुई युवक बेपत्ता भएपछि आक्रोशित स्थानीयबासीले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगजनी गरेका थिए ।

स्थानीयले अरु स्काभेटरमा पनि तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको थियो। खोलामा जथाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको स्थानीयको आरोप छ । प्रहरीले भने यो विषयमा अनुसन्धान भइरहेको बताएको छ ।

२०७६ साउन २५ गते प्रकाशित

वि.सं.२०७६ साउन २५ शनिवार १६:०७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...