back
NMB ad

सरकारले १४ अर्ब खर्चेर स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिदैँ

Kumari bank ad

काठमाडौं । क्षमता विकासका लागि भन्दै दातृ निकायको ११ अर्बसहित कुल १४ अर्ब खर्चेर सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिँदै छ ।

दातृ निकायको ११ सय मिलियन डलर (करिब ११ अर्ब रुपैयाँ) र सरकारको करिब तीन अर्ब रुपैयाँले तालिम दिन लागेको हो ।
चारवर्षे तालिमको कार्ययोजना तयार भएर कार्यक्रम सञ्चालनको अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पुगेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले बताए । ‘प्रस्ताव दुई साताअघि नै मन्त्रिपरिषद्मा लगिएको छ,’ उपसचिव अधिकारीले भने, ‘मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

मन्त्रालयले प्रदेश तथा स्थानीय तह क्षमता विकास कार्यक्रम (पिएलजिएसपी)का नाममा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम कार्यान्वयनका लागि सातै प्रदेशमा तालिमकेन्द्र बनाउने र त्यसैमार्फत कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनायो ।

कार्यक्रम सञ्चालनका लागि पाँच अन्तराष्ट्रिय दातृ निकायले अनुदान दिने प्रतिबद्धता जनाएका छन । नर्वे, स्विस डेभलपमेन्ट कर्पोरेसन, डिएफआइडी, युरोपियन युनियन र युएन सिस्टमले अनुदान दिने जनाएका हुन ।

सरकारले चालू आर्थिक वर्ष ०७६/७७ मा उक्त कार्यक्रमका लागि करिब ३ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार ०९:२५ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...