back
NMB ad

एम्बुलेन्स खरिदका लागि महायज्ञबाट ३५ लाख संकलन

Kumari bank ad

 दमौली । एम्बुलेन्स खरीद गरी सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा आयोजना गरिएको महायज्ञमा रु ३५ लाख सङ्कलन भएको छ । ग्रामीण भेगका जनतालाई स्वास्थ्य संस्थासम्म जान सहज पहुँचको व्यवस्था गर्ने उद्देश्यसहित एम्बुलेन्स खरीदका लागि साउन २० गतेदेखि सञ्चालित हप्ताहव्यापी महायज्ञमा रु ३५ लाखभन्दा बढी दान सङ्कलन भएको हो ।

केशवटार माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा दानवीरहरुको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर आलेले बताए । “गाउँमा एम्बुलेन्स सेवा नहुँदा बिरामीहरु जिपको चर्को भाडा तिरेर स्वास्थ्य संस्थासम्म जानुपर्ने बाध्यता छ”, उनले भने, “सहज मूल्यमा सर्वसाधारणलाई सेवा दिने उद्देश्य राखेर एम्बुलेन्स खरीद गर्ने सोच छ ।” उनका अनुसार यहाँका सर्वसाधारणले एम्बुलेन्स सेवा प्रयोग गर्न नपाउँदा दुःख भोग्नुपरेपछि विद्यालयको सक्रियतामा महायज्ञ आयोजना गरिएको हो ।

नगरपालिका भएर पनि विकासमा पछाडि परेको वडाका जनतालाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन एम्बुलेन्स सेवा सञ्चालनका लागि महायज्ञ गरिनु सकारात्मक रहेको व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बताएका छन् । महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले कथावाचन गरिरहेका छन् । एम्बुलेन्स खरीदका लागि महायज्ञ आयोजना गरिएको हुँदा केशवटारवासी खुशी भएका छन् । “एम्बुलेन्स सेवा नहुँदा बिरामीलाई सदरमुकाम दमौली या अन्यत्रको अस्पतालमा लैजान कठिनाइ हुँदै आएको छ”, स्थानीयवासी बसुन्धरा भट्टराईले भने ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार ०९:४८ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...