back
NMB ad

मौलाउदै गरेको विकृती नियन्त्रण गर्ने दिशातर्फ जानुपर्छ: मन्त्री अर्याल

Kumari bank ad

काठमाडौं । वित्तिय संस्थामा मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको भनाइ रहेको छ । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सब तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकि हुन् ।

लघुवित्त संस्था र सहकारीको प्रकृती उस्तै भएको भन्दै मन्त्री अर्यालले संस्था ठूलो बन्दै जाँदा झन् राम्रो हुनुपर्नेमा केही समस्याहरु उत्पन्न हुदै गएको भन्दै त्यसलाई सिस्टमबाटै नियन्त्रण गरिने प्रष्ट पारेकि छन् । ‘संस्था ठूलो भएपछि र हाम्रा मानसिकताहरु विकृत बन्न थालेपछि विधि, विधानले नै समात्ने हो, त्यो भन्दा अर्को विकल्प नै छैन’, मन्त्री अर्यालले बताइन्, ‘अब सिस्टमबाटै समस्या ति समस्याको समाधान गर्ने हो । हामीले अवलम्बन गरेका विधिविधानमा केही समस्या छ भने त्यसलाई सच्याउ ।’

संरचनाहरु धेरै निर्माण भइरहेको अवस्थामा हिजो भन्दा कडा खालका विधि बनाएर नियम बनाएर संस्थाका मान्छेको आचरण सुधार गरिने भन्दै ‘संस्थालाई पारदर्शी बनाउने र मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपर्छ ’ उनको धारणा छ । ‘सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको छ, सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटनाको खतरा रहेको छ’, उनले भनिन् । ‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्ष पछि भयानक दुर्घटनाको संकेत देखा परेको छ’, तसर्थ ‘यसलाई अब नियन्त्रण गर्नुपर्छ । हामीले केही कोशिस सहकारी नियमावली मार्फत गरेका छौ ’ मन्त्री अर्यालको दाबि छ ।

एउटा मान्छे धेरै संस्थामा बस्ने समस्याको नियन्त्रण अब सिस्टमबाटै गरिने साथै सहकारी कर्जा कोष यस अघि नै भाषण धेरैपटक भएपनि अब व्यवहारमै लागु हुनेगरी कार्यान्वयन गरिने पनि बताइएको छ । नियमावलीमा सहकारीको कर्जा सुरक्षा कोष केन्द्रको स्थापना गरिएको छ । यसले अहिले भइरहेको विकृतिको अन्त्य गर्न सहयोग पुर्याउने छ । ‘सिस्टम सफ्टवेरले एउटा सहकारी संस्थामा बदमासी गरेर त्यहाँ पुरै गिरेर पतित भएर ठाउँ परिवर्तन गरेर फेरी सहकारी संस्थाको मालिक भएर त्यस्तै खालको गतिविधि गर्ने प्रवृतिको अन्त्य हुन्छ’, अर्यालको भनाई छ । यसका साथै मन्त्रालयद्धारा अहिले गरिब पहिचानको काम भइरहेको भन्दै अब गरिब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुने गरी काम सम्पन्न गरिने पनि अर्यालको भनाई छ ।

कार्यक्रमको अवसरमा मानसी लघुवित्त वित्तीय संस्था काभ्रेलाई नगद एक लाख सहित यस वर्षको लघु उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो ।

२०७६ साउन २९ गते प्रकाशित

वि.सं.२०७६ साउन २९ बुधवार ११:४६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...