back
NMB ad

१ महीनामा ११२ जनाले लिए अपाङ्गता परिचयपत्र

Kumari bank ad

ललितपुर । ललितपुर महानगरपालिकाबाट एक महीनामा ११२ अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्र लिएका छन ।

महानगरपालिकाले सो योजना अघि बढाएको एक महीना अवधिभरमा ५२ महिला र ६० पुरुषले सो परिचयपत्र लिएका हुन ।
गत असार २५ गतेदेखि सो योजना अघि बढाइएको महानगरपालिकाको महिला विकास शाखा प्रमुख अधिकृत महेश्वरी विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘महानगरबाट पूर्ण अपाङ्गतामा ११ महिला र २२ पुरुष, अति अशक्तमा २९ महिला र ३१ पुरुष, मध्यम अपाङ्गतामा १२ महिला र छ पुरुष तथा साधारण अपाङ्गतामा एक पुरुषले मात्र परिचयपत्र लिएका छन् ।’ महानगरले सो परिचयपत्र वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिको चाप बढेको बताइएको छ ।

अपाङ्गता परिचयपत्र वितरणका अलावा अन्य विभिन्न काममा पनि ध्यान दिनुुपर्ने भएकाले यही भदौदेखि महीनाको दुई पटक पाँच र २० गते वितरण गर्ने योजना अघि बढाइएको विष्टले बताउनुभयो । सो परिचयपत्रले अपाङ्गता भएका व्यक्तिलाई यातायात, अस्पताल र हवाइमार्गमा छुटको सुविधा दिलाउन सहयोग गर्छ ।

महानगरको वडा नं ६ मा ५६, ७ मा ५६ र ८ मा ५८ अपाङ्गता भएका व्यक्ति रहेका शाखाका महिला विकास अधिकृत शोभा खरेलले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘महानगरका अन्य २६ वडामा अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलनको काम अघि बढेको छ, सबै वडामा तथ्यांक संकलन गर्ने काम समाप्त भएपछि नयाँ अपाङ्गताका हकमा नयाँ कार्यक्रम ल्याउनेछौँ ।’

विगतमा अपाङ्गता परिचयपत्र पुस्तक ढाँचामा प्रकाशन भएको थियो भने हाल नागरिकता प्रमाणपत्र आकारमा भित्रिएको छ ।

महानगरमा सो परिचयपत्र लिन आउने व्यक्तिले अनिवार्यरूपमा सम्बन्धित वडा कार्यालयको सिफारिश, तस्वीर टाँसेको निवेदन, उमेर पुगेको हकमा प्रमाणका लागि नागरिकता र उमेर नपुगेको हकमा जन्मदर्ता, बसाइँसराइ गरेको भए सोको पत्र, अस्पष्ट अपाङ्गता भएकाको हकमा अस्पतालको पत्र ल्याउनुपर्ने हुन्छ । -रासस

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार ०८:१३ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...