back
NMB ad

मन्त्रिपरिषद्को बैठकले गर्यो ठुलो संख्यामा सचिवहरुको सरुवा, अर्थका दुवै सचिवहरु नरहने  

Kumari bank ad

काठमाण्डौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा सम्बन्धी निर्णय गरेको छ । सोहि आधारमा मन्त्रिपरिषद बैठकले ठूलो संख्यामा सचिव सरुवा गरेको छ।

सरुवासम्बन्धी निर्णय प्रमाणीकरण भने भइसकेको छैन्। सरुवा सम्बन्धी निर्णय आज अर्थात् मंगलबार बेलुकी सम्म प्रमाणीकरण हुने मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ। प्रधानमन्त्री र मन्त्रीबीच भएको कार्यसम्पादन सम्झौतापछि धमाधम सचिवहरुसँग पनि सम्झौता भइरहेका बेला सचिवहरुको सरुवा गरिएको हो।

अर्थमा राजन खनाल र लालशंकर घिमिरे सचिव रहेका छन् । दुवै सचिवको सरुवा भएको जानकारी प्राप्त भएको छ।  घिमिरेले भदौ १० गतेबाट अवकाश समेत पाउँदैछन् भने खनाल माघमा अवकाश पाउने सूचीमा छन् । गृह सचिव भने यथावत राखिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानेपानी मन्त्रालयमा नयाँ सचिव पठाइएको छ। यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग र पर्यटन सचिवको पनि सरुवा भएको स्रोतले जनाएको छ ।

अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानेपानी मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय महिला आयोगमा सचिव पद रिक्त रहेका छन्।

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार १४:०५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...