back
NMB ad

पर्वतको जलजला गाउँपालिकाको वित्तीय प्रगति ९३%

Kumari bank ad

पर्वत । जलजला गाउँपालिका पर्वतले आर्थिक वर्ष ०७५/७६ मा ९३ प्रतिशत वित्तीय प्रगति गरेको छ । कुल ३८ करोड ४० लाख बजेटमा ३५ करोड ८२ लाख २६ हजार ३३६ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

गाउँपालिकाले चालूतर्फ ४ करोड ७० लाख रुपैयाँमा ३ करोड ९६ लाख ६४ हजार ६०१ रुपैयाँ खर्च गरेका छ । पुँजीतर्फ १३ करोड ६८ लाख रुपैयाँमा ११ करोड ९३ लाख ६२ हजार २६७ रुपैयाँ खर्च भएको थियो भने सशर्त १६ करोड ६६ लाख ४६ हजार रुपैयाँमा १५ करोड ६१ लाख ८२ हजार १११ रुपैयाँ खर्च हुँदै फिर्ता १ करोड ४ लाख ६३ हजार ८८८ रुपैयाँ भएको थियो ।

त्यस्तै सामाजिक सुरक्षामा ५ करोड १३ लाख १५ हजारमा ४ करोड ३० लाख ५४ हजार ४ सय रुपैयाँ खर्च भएको छ ।  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ९० लाखमा ८९ लाख ८५ हजार २०० रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २८ लाख १२ हजारमा २२ लाख ९५ हजार ३५८ रुपैयाँ बजेट खर्च भएको थियो र गरिबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत ३ लाख ९४ हजारमा ३ लाख ७९ हजार खर्च भएको छ ।

गाउँपालिकाले सडक, कृषि, पशुपालनलाई व्यावसायीकरण, पर्यटन, खानेपानी, सिँचाइ प्रवद्र्धन, सञ्चारको पहुँच विस्तारमा प्राथमिकता दिएर बजेट खर्च गरेको थियो ।

त्यस्तै विभाज्य कोषमा हुने बाँडफाँडबाहेक गत आर्थिक वर्षमा ८२ करोड ८३ लाख २ सय ६१ रुपैयाँ राजस्व संकलन गरेको छ भने ठेक्का निकासीबाट करिब ६५ लाख राजस्व संकलन गरेका थियो ।

विगत योजनालाई स्तरोन्नति र पूर्णतामा प्राथमिकता दिँदै आर्थिक वर्ष ०७६/७७ को बजेट विनियोजन गरेको अधिकृत शर्माले जानकारी दिनुभयोे ।

२०७६ भदौ ५ गते प्रकाशित

वि.सं.२०७६ भदौ ५ बिहीवार ११:४४ मा प्रकाशित

You can share this post!

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...