back
NMB ad

भीमदत्त नगरपालिकाको आम्दानी दोब्बरले वृद्धि, ११ करोड ५१ लाख राजस्व सङ्कलन

Kumari bank ad

कञ्चनपुर । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको छ । आव २०७५/७६ को असार मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व ११ करोड ५१ लाख रूपैयाँ पुगेको छ ।

स्थानीय तह निर्वाचन अघिसम्म नगरपालिकाको आन्तरिक आम्दानी पाँच करोड रूपैयाँ थियो । निर्वाचनपछिका दुई वर्षमा आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको हो ।

नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनपछि दुई वर्षमा नगरपालिकाको पाँच करोड रूपैयाँको आन्तरिक राजश्व दोब्बर बढीले वृद्धि भएको बताए । गत आवको आम्दानीका आधारमा चालू आवमा १३ करोड २४ लाख रूपैयाँ आन्तरिक राजश्व सङ्कलनको लक्ष्य राखिएको छ ।

पाँचौँ नगरसभाबाट नगरपालिकाले एक अर्ब २२ करोड रूपैयाँको बजेट पारित गरिएको थियो । गत वर्ष सेवा शुल्कबाट सबैभन्दा बढी पाँच करोड ३२ लाख रूपैयाँ राजश्व सङ्कलन गरिएको छ ।

सेवा शुल्कबाट चार करोड २७ लाख रूपैयाँ आम्दानीको लक्ष्य राखिएको थियो । तीन करोड २६ लाख रूपैयाँ लक्ष्य राखिएको रोयल्टीबाट चार करोड ७७ लाख रूपैयाँ आम्दानी भएको छ ।

नक्सापासबाट एक करोड २० लाख रूपैयाँ, बहालकर ५४ लाख ४७ हजार रूपैयाँ आम्दानी गरिएको छ । गत वर्ष स्थानीय कर दुई करोड ४९ लाख रूपैयाँ, व्यवसाय कर ९२ लाख रूपैयाँ, सम्पत्ति कर ८२ लाख रूपैयाँ, दस्तुर दुई करोड ४५ लाख रूपैयाँ सङ्कलन गरिएको थियो ।

नगरपालिका राजश्व परामर्श समितिका संयोजक उपनगरप्रमुख सुशीला चन्द सिंहले नगरपालिकाले राजश्व सुधारका लागि कार्ययोजना निर्माण गरिएको बताउनुभयो । सोहीअनुरुप राजश्व सङ्कलनमा वृद्धि भएको उहाँको भनाइ छ । -रासस

२०७६ भदौ ८ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार १३:४५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...