back
NMB ad

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–५ मा पहिरोले सम्पर्क टुट्यो

Kumari bank ad

धादिङ । विकट उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–५ नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र बाटोमा पहिरो आएर थुनिएपछि सम्पर्क विच्छेद भएको छ।

केही दिनदेखि निरन्तर परेको पानीले पहाड खसेर गणेश हिमाल खोलामा थुनिएको र खोलो उक्त स्थान पार गर्ने नसकिनेगरी पहिरो झरेकाले गाउँबाट अन्य गाउँसँग सम्पर्क विच्छेद भएको गाउँपालिका– ५ का वडाध्यक्ष धीरज तामाङले राससलाई बताउनुभयो ।

पैँसट्ठी घरधुरी रहेको नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र तातोपानी हुँदै जाने बाटोमा आएको पहिरोले बाटो र खोलासमेत थुनिएकाले सँगै अन्य गाउँको सम्पर्क टुटेको स्थानीयवासी टिसमान तामाङले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकामबाट तीन दिनको पैदलदुरीमा रहेको नेवेर गाउँ गणेश हिमालको फेदीमा रहेको तामाङ समुदायको बस्ती हो । आवतजावत नै बन्द भएकोले गाउँमा कुनै समस्या तथा विपद् पर्दा सहयोगसमेत उपलब्ध गराउन नसकिने अवस्थामा पुगेको छ । -रासस

२०७६ भदौ ८ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार १४:२६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...