back
NMB ad

टानको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका थापाका यस्ता छन प्रतिबद्धता !

Kumari bank ad

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएसन आफ नेपाल (टान)को अध्यक्ष पदका लागि कुमार थापाले उमेदवारी घोषणा गर्नुभएको छ ।

ट्रेकिङ व्यवसायमा करिव दुई दशक विताउनुभएका थापाल आगामी भदौ २० गते हुने आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि उमेदवारी घोषण गर्नुभएको हो ।

थापा सन १९९६ देखि केहि सयय भारि बोकेर पोटर हुदै १९९८ मा गाईड ट्रेनिंग गरि सन २००० मा ट्रेकिडं कम्पनि स्थापना गरि अनबरत रुपमा पर्यटन क्षेत्रमा क्रियाशिल हुुनुहुन्छ ।

हाल आशाहि ग्रुप अफ कम्पनि को अध्यक्ष रहि आशाहि ट्रेक्स एण्ड एक्पिडिसन, हिमालयन ईन्टरनेशनल योगा एकेडेमि, ट्रष्ट एण्ड केयर मन्टेश्वरि, ब्युटिफुल काठमाडु होटल र होटल उडल्याण्ड काठमाण्डू संचालन गरिरहनुभएको छ ।

साथै प्रत्यक्ष रुपमा करिब २५० जनालाई रोजगारि श्रिजना गर्दै आफु पनि सधै पर्यटन संग सम्बन्धित हरेक विधामा अनवरतरुपमा लागि रहनुभएको छ ।

पदयात्रा पर्यटनमा लागेका दुई दशक दौरानमा भोगेका भोगाई ,कठिनाई ,अबसर तथा पर्यटन क्षेत्रका तमाम नितिगत समस्या, पदयात्रा गर्दा आईलाग्ने बिपति, बिस्व पर्यटन र हाम्रो अबस्था, टानको बिगत र बर्तमान अबस्थाको राम्रो अनुभव थापासंग छ ।

पदयात्रामा लामो समय व्यवस्थित गर्दै ताप्लेजुङदेखि उपल्लो मुस्ताङ, लाङटाङ, गणेश हिमालदेखि थोरोङला, सगरमाथा देखि रोल्वालिङ, चुम भ्यालिदेखि मनास्लुका तमाम डाडा–काडा र पखेरीहरुलाई नजिकै बाट नियाल्नुभएको अनुभव थापासंग छ ।

थापाले उमेदवारी घोषणासंगै पदयात्रा क्षेत्रका अग्रज व्यवसायीहरुको लामो संघर्ष र युवा पुस्ताका आशा र भरोसा रतिभर डग्न नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

पर्यटन क्षेत्रमा रहेको अवसर, हुने तमाम विकृति,विसङगति अन्तय गर्ने, पदयात्रा पर्यटन क्षेत्रमा गनुपर्ने नितीगत सुधार, गैर व्यवसायी बाट हुने पदयात्रा संचलान र मजदुरका तमाम कठिनाई, पर्यटन बोर्ड संगको समझदारी तथा पदयात्रा क्षेत्रको बारेमा गर्नुपर्ने प्रर्वद्धन र विकासमा जोड दिनुभएको छ ।

टानलाई गरिमामय संस्थाको रुपमा अगाडि बढाउन, सचिवालयलाई अत्याधिक प्रविधिमैत्री उपयोगबाट व्यवस्थित गरेर पारदर्शी, आर्थिक अनुशासन कायम गरि संस्थालाई गतिशिल रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।

एसिया र युरोपका करिब सबै राष्ट, अष्टेलिया, क्यानाडा, बेलायत तथा अमेरिका गरि करिब ५० र ५५ देशको यात्राबाट सिकेको ज्ञान सिप ,भरिया देखि अहिले सम्म अनबरत यो पेसामा लागेको भोगाई र अनुभव बाट सिकेको कुरा व्यवहारमा लागु गरि संस्थालाई तन्दुरुस्तरुपमा अगाडि बढाउने थापाको प्रतिवद्धता छ ।

थापा सन २००४–२००६ मा पर्यटन सेवा संघको उपाध्यक्ष, २०११–१३ मा टान कार्य समितिको कोषाघ्यक्ष, लायन बर्ष २०१६ क्लब अध्यक्ष, लायन्स क्लब नेपाल टुरिजम हाल रिजन चेयर प्रर्सन, नेपाल योगा एसोसियसन उपाघ्यक्ष, नेपाल उधोग तथा व्यवसायी महासंघकोकेन्द्रीय सदस्य २०६७,आशाहि गू्रप अफ कम्पनिको अध्यक्षको रुपमा यस क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

व्यवसायिक पृष्ठभुमिले सिकाएको अनुभव, ज्ञान र क्षमतालाई संस्थाको गरिमाको लागि निस्वार्थरुपमा लाग्नुका साथै अवको २ वर्षमा परिणाममुखी संस्थाको काम गर्ने र पदयात्रा व्यवसायीको छाता संगठन टानलाई गर्व गर्न लायक व्यवसायीहरुको हितको पक्षमा स्थापित गर्न प्रयत्न गर्ने संकल्प गर्नुभएको छ ।

२०७६ भदौ १२ गते प्रकाशित

वि.सं.२०७६ भदौ १२ बिहीवार १४:०१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...