back
NMB ad

लामो बिदामा ह्याकिङको जोखिमः चार्डपर्वका बेलामा ह्याकरले पैसा लुट्ने सुनौलो मौका

Kumari bank ad

काठमाडौं । दसैंंतिहारजस्ता चार्डपर्वको समय नजिकिँदै छ । वर्षभरिमा सबैभन्दा लामो बिदा यही समयमा हुन्छ ।
यही समय साइबर हमलाका लागि सबैभन्दा जोखिमपूर्ण हुन्छ ।

संसारभर नै ह्याकरले लामो बिदाको समयलाई साइबर हमलामा उपयोग गर्ने प्रवृत्ति छ । चार्डपर्वका बेलामा ठूलो पैसा बजारमा प्रवाह हुने भएकाले यस्तो समय ह्याकरले पैसा लुट्ने सुनौलो मौका पाउँछन । अहिले तीजको मुखमा ह्याकरले पैसा लुटेका छन ।

चिनियाँले एटीएमबाट पैसा लुटेको तीन दिनसम्म पनि कसरी उनीहरू पैसा निकाल्न सफल भए भन्ने निक्र्यौल हुन सकेको छैन ।

एटीएम प्रणालीको स्वीच सर्भर अर्थात भुक्तानीद्वारमा हमला गरेर उनीहरूले पैसा निकालेको हुनसक्ने अनुमान गरिएको छ । तर, यसमा ह्याकरले नेपालबाहिरै नक्कली भिसाकार्ड छापेर पैसा लुट्नमात्रै यहाँ आएको देखिएकाले अझै पनि समस्याको चूरो अन्यत्र हुन सक्ने साइबर सुरक्षाका जानकार सचिन ठकुरी बताउनुहुन्छ ।

ह्याकरले ‘रिमोट एक्सेस’ अर्थात संसारको कुनै पनि कुनाबाट अर्को स्थानमा भएको कम्प्युटरमा काम गर्न सक्ने पहुँच स्थापित गर्छन । यसका लागि उनीहरूले ‘मालवयर’ भनिने एक किसिम भाइरसजस्तै लिंक पठाएर ती कम्प्युटरमा आफ्नो पहुँच स्थापित गर्छन । त्यो मालवयरले ह्याकरलाई उक्त कम्प्युटरसम्म पहुँच दिन्छ ।

त्यसपछि ह्याकरले त्यो कम्प्युटरको विवरण पढ्ने, डाटा चोर्ने, इमेल वा अरु प्रणालीका लग इन पासवर्ड थाहा पाउने गर्छन । त्यही कम्प्युटरबाट अन्य कम्प्युटरमा पहुँच स्थापित गर्नेदेखि नयाँ सफ्टवयर विकास गर्नेसम्मका काम ह्याकरले गर्छन ।

हाम्रै कम्प्युटरमा पनि निकै टाढाबाट कसैले काम गरिरहेको हुनसक्छ र हाम्रो कम्प्युटरका सारा विवरण उसले पाइसकेको हुनसक्छ ।

‘हाम्रो कम्प्युटरमा कुनकुन एप तथा सफ्टवयर छन, कुन समयमा त्यो कम्प्युटरमा काम हुन्छ, केके काम हुन्छ भनेर उनीहरूले सूक्ष्म निगरानी गरिरहेका हुन्छन’, ठकुरी भन्नुहुन्छ, ‘सबै विवरण लिइसकेर आफ्नो पहुँच स्थापित गरिसकेपछि यस्तै सार्वजनिक बिदाको समय पारेर ह्याक गर्छन ।’

नेपालमा शनिबार र अन्यत्र आइतबार सार्वजनिक बिदा पर्ने भएकाले पनि ह्याकरलाई सजिलो भएको सूचनाप्रविधि विज्ञ बताउँछन । अन्नपुर्ण पोष्टमा खवर प्रकाशित छ ।

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार ०९:५८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...