back
NMB ad

चौतारी लघुवित्तको १७.८९% लाभांश घोषणा

Kumari bank ad

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले २०७५/७६ को नाफाबाट ७५ बोनस सेयर र १०.८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

चौतारीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १ करोड ३० लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, २ करोड २ लाख ६४ हजार २१० रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइने कम्पनीको भनाई छ । हाल चौतारी लघुवित्तको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १९ करोड ९० लाख २० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ८२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ १७ पैसा (वार्षिक) रहेको चौतारीको प्रतिसेयर नेटवर्थ भने १२३ रुपैयाँ २ पैसा छ ।

२०७६ भदौ २० गते प्रकाशित

वि.सं.२०७६ भदौ २० शुक्रवार १२:२६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...