back
NMB ad

मन्त्री भट्टराईमाथि दुर्व्यहार गर्ने शाहीले फेरि गरे प्रहरीमाथि यस्तो अभद्र व्यवहारः पुगे हिरासतमा

Kumari bank ad

ललितपुर । शनिवार साँझ नेपालगन्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गर्ने ज्ञानबहादुर शाही भन्ने ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

शाहीलाई नै सुरक्षा दिएका प्रहरीमाथि उल्टै अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उनलाई हिरासतमा राखेको हो । शाहीले आइतबार अपरान्ह ललितपुरको पुल्चोकमा ’नेपालका लागि नेपाली’ नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गर्दा झडप भएपछी सुरक्षा दिन गएको प्रहरीमाथी अभद्र व्यबहार गरेको प्रहरीको आरोप छ ।

ललितपुर परिसरको मुद्दा शाखाका डिएसपी सन्तोष तामाङका अनुसार प्रहरी टोलीमाथि अभद्र गरेपछि उनलाई जरुरी पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको हो ।

शनिवार साँझ नेपालगन्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा खास पत्रकारहरुको भन्दा पनि युटुबरहरुको धेरै उपस्थिति थियो । पत्रकार सम्मेलनमा शाहीले प्रश्नको उत्तर दिन नसक्ने स्थिति भएपछि युटुबर र शाही समर्थकबीच झडप भएको थियो ।

पक्राउ परेका शाहीमाथि गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ को ९ (क) १ को घ बमोजिमको कसुर गरेको भन्दै अर्को छुट्टै मुद्दा समेत लगाउने तयारी प्रहरीले गरेको छ ।

उक्त मुद्दामा १० देखि २० बर्षसम्म कैद र आरोपीको सम्पूर्ण सम्पत्ति जफत हुने कानुनी ब्यबस्था छ । शाही लगायतको समूहले मन्त्री भट्टराईमाथि नेपालगञ्जबाट काठमाडौं आउने क्रममा विमानभित्रै दुर्व्यवहार गरेका थिए ।

मन्त्री भट्टराई कैलालीमा आयोजित डल्फिन महोत्सवमा सहभागी भएर काठमाडौं आउने क्रममा विमान डिले गरेको आरोपमा शाहीको समूहले उनीमाथि आक्रमण प्रयास गरेको थियो ।

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार ०९:१६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...