back
NMB ad

आठ वाणिज्य बैंकको लाभांश घोषणा, तीन वटाको दशैँ अघि नै पारित हुँदै, हेर्नुहोस् ! कसको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास चलिरहँदा कम्पनीहरूले गतवर्षको लाभांश प्रस्ताव गर्ने क्रम जारी छ । सूचीकृत चार दर्जनभन्दा बढी कम्पनीले लाभांश प्रस्ताव गरिसकेका छन । यसमध्ये आठओटा वाणिज्य बैंक छन ।

माछापुच्छ्रे बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, सनराइज बैंक, बैंक अफ काठमान्डू र सिद्धार्थ बैंकले लाभांश घोषणा गरेका हुन ।

लाभांश प्रस्ताव गरेका वाणिज्य बैंकमध्ये कुमारी, सिटिजन्स र एनआईसी एशियाले दशैंअघि नै वार्षिक साधारणसभा बोलाएका छन ।

गतवर्षको वार्षिक साधारणसभा गर्ने पहिलो वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेशनल हुने भएको छ । बैंकले असोज १० गते १३औं वार्षिक साधारणसभा बोलाएको हो ।

बैंकले ३ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांशको प्रस्ताव उक्त सभामार्फत पारित गर्नेछ । गत आवमा बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ११ करोड ९४ लाख ६६ हजार छ ।

बैंकले हाल कायम चुक्तापूँजी रू. ८ अर्ब ३७ करोड १० लाख ६४ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । लाभांश क्षमता १३ दशमलव ३७ प्रतिशत रहेको बैंकले १५ प्रतिशत लाभांश दिन लागेको छ ।

त्यस्तै कुमारी बैंकले असोज ११ गते १९औं वार्षिक साधारणसभा गर्दै छ । बैंकले १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने भएको छ ।

गत आवमा वितरणयोग्य नाफा रू. ९६ करोड ७० लाख ९६ हजार रहेको यस बैंकको लाभांश क्षमता ११ दशमलव १३ प्रतिशत थियो ।

सोही क्षमता अनुसार नै बैंकले शेयरधनीलाई लाभांश दिन लागेको छ । हाल उसको चुक्तापूँजी रू. ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार छ ।

एनआईसी एशिया बैंकले पनि दशैंअघि नै लाभांश पारित गर्ने भएको छ । बैंकले असोज १० गते २२औं वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै छ । गत आवमा बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब १५ करोड २८ लाख ५७ हजार छ ।

सोही अवधिमा १७ दशमलव ९ प्रतिशत लाभांश क्षमता देखाएको बैंकले प्रस्ताव भने २१ प्रतिशतभन्दा बढी नै गरेको छ । हाल उसको चुक्तापूँजी रू. ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार छ ।

कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम चालू आर्थिक वर्षको ३ महीनाभित्र वार्षिक लेखापरीक्षण सम्पन्न गरी ६ महीनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्नेछ ।

कम्पनीले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका भएको व्यवस्था अनुसार साधारण सभाले पारित गरी बोनस शेयर निष्कासन गर्ने निर्णय गरेमा ३ दिनभित्र धितोपत्र दर्ताका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

नगद लाभांशको सम्बन्धमा भने कुनै व्यवस्था नभएकाले कम्पनीले साधारणसभाबाट पारित भएको भोलिपल्टदेखि नै शेयरधनीको खातामा जम्मा गर्न सक्नेछ । -आर्थिक अभियानबाट

२०७६ असोज ०५ गते प्रकाशित

वि.सं.२०७६ असोज ५ आइतवार ०९:२१ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...