back
NMB ad

सप्तरीको तिलाठी कोइलाडीको बस्ति निर्माणमा जनता बैंकको १० लाख सहयोग

Kumari bank ad

काठमाडौं । बि.संं. २०७४ साल श्रावणमा तराईमा गएको भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ ।

उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

उक्त रकम आज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुंबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानल प्रा.लि. (न्यूज २४) का महाप्रबन्धक सुधिर राजभण्डारी लाई हस्तान्तरण गर्नुभयो ।

२०७४ साउनमा तराई क्षेत्रमा गएको बाढीपिडितबाट घरबार गुमाएका उक्त मुसहरबस्तिका जनताहरुको आबास पुनः निर्माणको लागि मिति २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहत कोष’ खाता संचालन गरिएको थियो ।

नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

उक्त बस्ति मिति २०७५/०७/२७ मा पूर्व राष्ट्रपति डा. रामवरण यादवज्यूबाट हस्तान्तरण भइसकेको छ ।

२०७६ असोज ०९ गते प्रकाशित

वि.सं.२०७६ असोज ९ बिहीवार १६:०७ मा प्रकाशित

You can share this post!

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...