back
NMB ad

प्याज अब एक पटकमा ५ किलो मात्रै, मूल्य अझै बढ्ने

Kumari bank ad

काठमाडौं । महान चाड दशैंको शुरुवातसँगै नेपालमा छिमेकी मुलुक भारतबाट व्याज आउन रोकिएको छ । भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन भन्दै प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।

भारतले घरेलु बजारमा बिक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिणाम तोकेको छ । भारतले प्याज बिक्री परिणाम तोकेपछि त्यसको असर नेपालमा पनि परेको हो ।

यसले नेपालीबनारमा प्याजको मूल्य झनै आकाशिने संभावना बढेको छ । नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ ।

भारतीय नीतिले नेपाली बजारलाई प्रभावित पार्दै आएको छ । भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ ।

दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एक पटकमा ५ किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ । मन्त्रालयले थोक बिक्रेताको हकमा अधिकत्म ५ सय र खुद्रा व्यापारीको हकमा एक सय क्विन्टल मात्रै भण्डार गर्न पाउने कोटा तोकेको छ । भारतमा प्याजको मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका छन ।

काठमाडौं प्याजको थोक मूल्य १ सय रुपैयाँदेखि १ सय २० रुपैयाँसम्म प्गेको छ । खुद्रा व्यापारीले १ सय ५० रुपैयाँमा बेच्दै आएका छन । प्याजको मूल्य एक महिनामै ह्वात्तै बढेको हो ।

कालिमाटी फलफूल तथा सरकारी बजार विकास समितिका अनुसार प्याज भदौ १५ सम्म प्रतिकिलो ६० रुपैयाँ थियो । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार ०७:५१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...