back
NMB ad

दसैंमा टेलिकमको आकर्षक अफर (सूचिसहित)

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले दसैंको अवसरमा विगत वर्षमा जस्तै विभिन्न आकर्षक अफर ल्याएको छ । टेलिकमले फोरजी एलटीई र अन्य सेवामा विशेष छुटसहितका अफर दिएको छ । फोरजी एलटीई सिम परिवर्तन गर्दा शुल्क लाग्ने छैन ।

टेलिकमले पहिलो पटक फोरजी एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयसहित दुई सय एमबी डाटा बोनस उपलब्ध गराउने छ । घटस्थापनादेखि सुरु भएको यो छुट अर्को सूचना प्रकाशित नभएसम्म जारी रहने छ ।

सँगै टेलिकमले पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट सेवा निःशुल्क उपलब्ध गराएको छ । प्रिपेड ग्राहले पनि आगामी छठसम्म मिस्ड कल अलर्ट सेवा निःशुल्क खरिद गर्न सक्नुहुनेछ ।

मिस्ड कल अलर्टले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा फोन अफ भएको समयमा पनि पछि स्वीच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलको जानकारी दिन्छ ।

टेलिकमले रिचार्जमा बोनससमेत दिने भएको छ । असोज १८ गतेदेखि २४ गतेसम्म रिचार्ज गर्दा बोनस पाइने छ । ५०, १०० र २०० को रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० को रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ ।

हेर्नुहोस् सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/Nepal-telecom-Dashai-Offer-1.pdf” title=”Nepal-telecom- Dashai-Offer (1)”]

वि.सं.२०७६ असोज १३ सोमवार ०८:०४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...