back
NMB ad

बैंकका प्रवन्धकले ऋणको प्रलोभन देखाएर बलात्कार, साढे ४ लाखमा मिलाउने प्रयास

Kumari bank ad

विराटनगर । नेपाल बंगलादेश बैंकको मोरङ कर्सियास्थित शाखा प्रबन्धक अमित बास्तोलाले ऋणको प्रलोभन देखाएर सेवाग्राही युवतीलाई बलात्कार गरेका छन ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय बास्तोलाले २०७५ साल चैतमा ऋण माग्न बैंकमा आएकी युवतीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन ।

प्रबन्धक बास्तोलाले युवतीलाई चैत २२ गते रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मेरिना होटेल र चैत २६ गते इटहरीमा रहेको बुद्ध गेस्ट हाउसमा लगेर बलात्कार गरेको रहस्य खुलेको छ ।

ऋणको प्रक्रिया मिलाउने वहानामा गेस्ट हाउसमा लगेर बलात्कार गरेको भन्दै युवतीले त्यतिबेला नै प्रहरीमा बास्तोलाविरुद्ध उजुरी दिएकी थिइन । तर त्यसबेला प्रहरीले उजुरी दर्ता गनए अस्वीकार गर्यो ।

घटनाको २ महिनापछि महानिर्देशक सर्वेन्द्र खनालको ठाडो निर्देशनमा प्रहरीले जाहेरी लिएको हो । जाहेरी दिएपछि प्रहरीले बास्तोलालाई २०७६ जेठ २५ गते पक्राउ गर्यो । प्रहरीको अनुसन्धानपछि बास्तोला साउन १३ गते जेल चलान भए ।

बास्तोलाविरुद्ध अहिले मुद्धा चलिरहेको छ । मुद्धा चलिरहेको बेला बलात्कार घटनालाइ पैसामा मिलाउने प्रयास भइरहेको छ । घटनामा संलग्न व्यक्ति थुनामा भए पनि उनको परिवारका सदस्य तथा साथीभाइले बलात्कार घटना अस्वीकार गर्न दबाब दिँदै ४ लाख ५० हजार रुपैयाँमा मिलाएर मिलापत्र गर्न पीडित पक्षलाई दबाब दिँदै आएका छन ।

बलात्कार पैसामा मिलाउन दबाब आएपछि यूवती अहिले तनावमा छिन् । मुद्दाको आइतबार बकपत्र थियो । अन्नपुर्ण दैनिकमा खबर प्रकाशित छ ।

पीडीत युवती जिल्ला न्यायाधीश कृष्ण मुरारी शिवाकोटीको इजलासमा बकपत्र शुरु हुना साथ इजलासमै बेहोस भएर ढलिन् । उनलाई तत्कालै अस्पताल लगियो । चिकित्सकले युवती तनावको कारण बेहोस भएको जानकारी गराए ।

२०६५ कात्तिक ०४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ४ सोमवार ०७:५४ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...