back
NMB ad

तिहार लगत्तै विश्वका ८० मुलुकबाट प्रतिनिध किन आउँदैछन नेपाल ? यस्ता छन उदेश्य

Kumari bank ad

काठमाडौं । तिहार लगत्तै नेपालमा पोषणसम्बन्धी विश्व हुने भएको छ । सम्मेलनमा ८० देशका करिव १२ सय प्रतिनिधि भेला हुँदै छन ।

बढी पोषण पनि कुपोषण हो भन्ने सन्देशसमेत दिने गरी राष्ट्रिय योजना आयोगको आयोजनामा हुने सो सम्मेलनमा विभिन्न मुलुकका सरकारी प्रतिनिधि र विज्ञहरु सहभागी हुनेछन ।

काठमाडौंको होटल याक एण्ड यतिमा कात्तिक १८ गतेदेखि २१ गतेसम्म हुने सम्मेलनमा मुख्य चार वटा कार्यलय उल्लेख गरिएको छ ।

जसमध्ये अनुकुल राजनैतिक वातावरणको विस्तार र दिगोपना कायम गर्ने, पोषणको लागि योगदान पुर्याउने प्रभावकारी कार्यहरुलाई प्राथमिकता दिने र त्यसको संस्थगत व्यवस्था गर्ने, साझा नतिजा खाकासंग सामाञ्ज्स्यता हुने गरी तोकिएका कार्यहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र पोषणको लागि आर्थिक स्रोतको उल्लेखनीय रुपमा वृद्धि गर्ने र यसको प्रभावकारी रुपमा प्रयोग गर्ने लगायतका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा कुपोषणबाट मुक्ति पाउका लागि आवश्यक रणनीति तय गर्ने विषयमा चार दिनसम्म छलफल चल्ने योजना आयोगले पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो ।

नेपालमा हाल २८ दशमलव ६ प्रतिशत बालबालिका कुपोषणको शिकार बनेको सरकारी तथ्यांक छ । उनीहरुलाई त्यसबाट मुक्त गराउन पनि सो विश्व सम्मेलनले आवश्यक मार्ग निर्देशन गर्ने सरकारको अपेक्षा छ ।

‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ मूल नाराका साथ आयोजना हुने सो विश्व सम्मेलनमा पोषणका क्षेत्रमा कार्यरत एक सयभन्दा बढि अन्तराष्ट्रिय संघ, संस्थाका प्रतिनिधिहरु पनि सहभागी हुनेछन ।

विस्तृत रुपमा हेर्नुहोस्

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/SUNGG-1.pdf” title=”SUNGG 1″] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/SUNGG-2.pdf” title=”SUNGG 2″] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/SUNGG-3.pdf” title=”SUNGG 3″] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/SUNGG-4.pdf” title=”SUNGG 4″] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/SUNGG-5.pdf” title=”SUNGG 5″] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/SUNGG-6.pdf” title=”SUNGG 6″] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/SUNGG-7.pdf” title=”SUNGG 7″]

२०७६ कात्तिक १० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १० आइतवार १७:२० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...