back
NMB ad

दशैँ बिदामा घर गएका कार्यालय प्रमुख तिहार सकिँदासमेत नफर्किएपछि…

Kumari bank ad

काडमाडौं । मालपोत कार्यालय रामेछापका कार्यालय प्रमुख दशैँपछि कार्यालयमा उपस्थित नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

कार्यालयमा प्रमुख नहुँदा धेरै सेवाग्राहीको काम रोकिएको छ भने कार्यालयको अन्य दैनिक कामहरु समेत प्रभावित हुँदै आएको छ ।

दशैँ मनाउन दशैँअघि कार्यालय छाडेर हिँड्नुभएका मालपोत कार्यालयका प्रमुख रघुनाथ फुयाँल तिहार सकिँदासमेत कार्यालय फर्किनुभएको छैन ।

कार्यालयका कर्मचारीले पटक पटक प्रमुखसँग सम्र्पक गर्दासमेत उहाँको मोबाइल स्विच अफ् भएकाले प्रमुखसँग सपर्क हुन नसकेको मालपोत कार्यालय रामेछापका नायब सुब्बा दामोदर सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीले भन्नुभयो, ‘दशैँ बिदामा जानुभएका प्रमुख तिहार सकिँदा पनि कार्यालयमा हाजिर हुन आउनुभएको छैन । प्रमुखले अहिलेसम्म कुनै पनि बिदा लिनुभएको छैन । दशैँ सकिएपछि एक पटक कार्यालयमा सम्पर्क गर्नुभएका प्रमुख फुयाँल त्यसपछि सम्पर्कमा आउनुभएको छैन ।’

कार्यालय प्रमुख नहुँदा कार्यालयले प्रदान गर्ने नामसारी, नाम संशोधन, दर्ता र संघ(संस्थाहरुको कामसमेत ठप्प भएको छ । कार्यालयमा काम लिएर आएका सेवाग्राहीहरु प्रमुख नहुँदा त्यत्तिकै फर्कनुपर्ने बाध्यता रहेको लेखापढी व्यवसायी बोधकुमार रोकाले जानकारी दिनुभयो ।

आफ्नो बावुको नामको जग्गा आमाको नाममा नामसारी गरी दुई छोराहरुको नाममा जग्गा नामसारी गर्न आमालाई लिएर मालपोत कार्यालय पुग्नुभएका रामेछाप नगरपालिका ५ का रामकुमार बस्नेत कार्यालय प्रमुख नभएकै कारण आफ्नो नाममा जग्गा नामसारी गर्न पाउनु भएन ।

उहाँले भन्नुभयो, ‘वृद्ध आमा लिएर ग्रामीण भेगबाट हजारौँ रुपैयाँ खर्चेर कार्यालय आइपुगियो । प्रमुख नभएकाले तपाईँको काम हुँदैन, प्रमुख आएपछि मात्रै हुन्छ भनेपछि अब के गर्ने ? कार्यालयमा प्रमुख नबस्ने यो कस्तो तरिका हो ?’बस्नेत त एक पात्र मात्र हनुहुन्छ । उहाँजस्ता धेरै जना कार्यालय प्रमुखको अनुपस्थितिमा मारमा पर्नु भएको छ ।

मालपोत कार्यालयमा उपसचिवको दरबन्दी भएको लामो समय भैसक्दा पनि अहिलेसम्म पनि त्यो पदमा कोही प्रमुख आएका छैनन् । उपसचिवको दरबन्दी हुँदा पनि अहिलेसम्म शाखा अधिकृतले नै कार्यालय सञ्चालन गर्दै आएका छन् ।

त्यस्तै कार्यालयको सेवा अनलाइन प्रक्रियाबाट गरिने भनिएता पनि त्यो लागू हुन सकेको छैन । सेवाग्राहीले सेवा नपाएको विषयमा रामेछापका प्रमुख जिल्ला अधिकारी लिलाकुमार पाण्डेले तत्काल बुझेर आवश्यक कारबाही गर्ने जानकारी दिनुभयो । समाचार स्रोतः उज्यालो अनलाइन

२०७६ कात्तिक १६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १६ शनिवार १५:३० मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...