back
NMB ad

१६ किलोमिटरको भाडा ३० रुपैयाँ, बाबा गोकर्णेश्वरले संचालनमा ल्यायो सुन्ताखान– रत्नपार्क बस

Kumari bank ad

काठमाडौं । बाबा गोकर्णेश्वर यातायातले सुन्ताखान–रत्नपार्क रुटमा सेवा विस्तार गरेको छ । मंगलबारदेखि ६ वटा नयाँ बसमार्फत सेवा सुरु गरिएको कम्पनीमा अध्यक्ष भीम बस्नेतले जानकारी दिए ।

उनका अनुसार वडा कार्यालय र नगरपालिकाले कम्पनीलाई सुन्ताखानसम्म बस संचालनका लागि आग्रह गरेका थिए ।
सबैतिरबाट माग भएपछि नयाँ बस थपेर सेवा विस्तार गरिएको बस्नेतले जानकारी दिए । गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले सेवा विस्तारको उद्घाटन गरेका थिए ।

कम्पनीका अनुसार बस सुन्ताखानबाट गोकर्ण–अत्तरखेल-जोरपाटी -बौद्ध- चावहिल- गौशाला-रातो पुल हुँदै रत्नपार्क पुग्नेछ भने रत्नपार्कबाट सोही रुट सुन्ताखान फर्कनेछ ।

करिव १६ किलोमिटरको यो रुटमा कम्पनीले ३० रुपैयाँ भाडादर तोकिएको छ । करिव तीन बर्ष अघि २० वटा बस मार्फत सेवा थालेको गोकर्णेश्वर यातायातले ९५ वटा बस मार्फत उपत्यका भित्रका विभिन्न रुटमा सेवा दिईरहेको छ ।

माकलबारीलाई केन्द्र बनाएर साँखु-रत्नपार्क -दक्षिणकाली, चक्रपथ परिक्रमा, माकलवारी रत्नपार्कर चक्रपथ लगायतका रुटहरुमा सेवा दिईरहेको छ ।

बस सेवा सुरु हुदा रुट पाउनै मुस्किल पर्ने अवस्था थियो। कम्पनीले जोरपाटी क्षेत्रमा चल्ने माईक्रो र साना बसको सिन्डिकेट तोड्दै सेवा थालेको थियो ।

२०७६ कात्तिक २० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २० बुधवार १६:१९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...