काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको बोनस शेयरको मूल्य समायोजन भएको हो ।
नेप्सेले लक्ष्मी बैंकको १० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १९८ दशमलव १८ र मुक्तिनाथ विकास बैंकको १७ दशमलव ६० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २६५ दशमलव ३१ तोकेको छ ।
२०७६ मंसिर २३ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २३ सोमवार ०९:५२ मा प्रकाशित