काठमाडौं । नेपाल दुरसन्चार कम्पनी लिमिटेडले ४५ प्रतिशतका दरले नगद लाभांश बाढ्ने भएको छ । कम्पनीले पुस २९ मा १२औं साधारण सभा बोलाएको छ ।
कम्पनीको सोमबार बसेको सन्चालक समितिको ८ सय ४१औं बैठकले आगामी वार्षिक साधारण सभामा ४५ प्रतिशत लाभांस दिने प्रस्ताव गर्ने निर्णय गरेको हो ।
गत वर्ष ५५ प्रतिशत लाभांस दिएको कम्पनीले यो वर्ष १० प्रतिशतले लाभांस कम गरेको छ । पछिल्लो केही वर्षदेखि नेपालका टेलिकम कम्पनीहरुको आय घटिरहेकाले लाभांस पनि कम भएको हो।
२०७६ पुस ०८ गते प्रकाशित
वि.सं.२०७६ पुस ८ मंगलवार १२:४६ मा प्रकाशित