काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका छन् । समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले मंगलबार पदबाट राजीनामा दिएका हुन ।
मंगलबार प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिएका छन । प्रधानमन्त्रीलाई बुझाएको राजीनमापत्रमा यादवले आफ्नो पार्टीसँग भएको सहमति अनुसार संविधान संसोधन गर्ने सहमति पालना नभएको उल्लेख गरेका छन ।
यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव गरेका थिए ।
वि.सं.२०७६ पुस ८ मंगलवार १४:५१ मा प्रकाशित