काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाई भेट गरेका छन ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर पुरी दम्पत्तिले प्रधानमन्त्रीलाई भेट गरेका हुन ।
भेट क्रममा प्रधानमन्त्री ओलीले उनलाई चिनो दिएका थिए । यसअघि उनले कांग्रेसका सभापतिलगायतलाई भेट गरेका थिए । राजदूत पुरीलाई सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठ बोलाएर ‘लञ्च’ गराएका थिए ।
लञ्च मिटिङमा देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पदाधिकारीलाई पनि बोलाएका थिए।
२०७६ पुस ०८ गते प्रकाशित
वि.सं.२०७६ पुस ८ मंगलवार १६:०९ मा प्रकाशित