back
NMB ad

घर जग्गा तथा ‘हायर पर्चेज’ कर्जामा राष्ट्र बैंकको कडाइ

Kumari bank ad

काठमाण्डौ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउँदै घरजग्गा कर्जाको किस्ता भुक्तानीमा कडाइ गरेको छ ।

बैंकले व्यक्तिगत प्रकृतिका घर, गाडी र ‘हायर पर्चेज’ लगायतका गैर व्यवसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्नुपर्ने निर्देशन जारी गरेको हो ।

निर्देशन अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले कुनै व्यक्तिको मासिक आम्दानी एक लाख भएको खण्डमा मासिक किस्ता ५० हजार बुझाउन सक्ने अवस्थामा मात्रै कर्जा प्रवाह गर्नेछन् ।

राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार वाणिज्य बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ ।

कर्जा प्रवाह गर्दा ऋणीको आय श्रोत खुल्ने प्रमाणित कागजात संलग्न हुनुपर्ने छ । यसका साथै आयस्रोतको प्रमाण पेस गर्दा कर तिरेको प्रमाण वा करचुक्ताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

ऋणीले कर चुक्ता गरेको प्रमाणपत्रको आधारमा मात्र वार्षिक कुल आय गणना गर्ने प्रावधान रहेको छ । साथै, राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुको हकमा पनि नयाँ व्यवस्था लागू गरेको छ ।

यस अनुसार मर्जर तथा प्राप्तिमा जाने बैंकहरुलाई प्राथमिकता प्राप्त कर्जामा सहुलियत दिने भएको हो । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाका लागि थप एक वर्ष समय थपिदिएको छ ।

२०७६ पुस १० गते प्रकाशित

वि.सं.२०७६ पुस १० बिहीवार ०९:३८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...