काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका प्रबन्धक भुपराज कोइरालालाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ ।
नेपाल बैक लिमिटेडको बैकिङ प्रधान कार्यालय, मानवश्रोत ब्यवस्थापन बिभागका मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेको जाहेरीमा कोइराला पक्राउ परेका हुन ।
डिल्लीबजार शाखामा प्रबन्धक रहदा बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिएको कोइरालामाथि आरोप लगाइएको छ ।
उनलाई बैकिङ कसुर मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । सोलुखुम्वु नेचा सल्यान गाविस–१ स्थायी घर भएका कोइरालालाई गत शुक्रबार पक्राउ गरिएको हो ।
२०७६ पुस १४ गते प्रकाशित
वि.सं.२०७६ पुस १४ सोमवार १२:२७ मा प्रकाशित