back
NMB ad

एनआईसी एशिया बैंक म्युचुअल फण्डको दुई योजनामध्ये एकमात्र नाफामा

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनामध्ये एनआईसी एशिया ग्रोथ फण्ड घाटामा छ भने एनआईसी एशिया ब्यालेन्सड् फण्ड नाफामा रहेको छ ।

यी दुवै योजनाहरुको मंसिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरणका आधारमा यस्तो देखिएको हो ।

एनआईसी एशिया ब्यालेन्सड् फण्डले मंसिर मसान्तमा रू.१ करोड १९ लाख ९८ हजार नाफा आर्जन गरेको हो । यो नाफा कात्तिक मसान्तमा भने रू.४३ लाख ७९ हजार थियो ।

कात्तिक महीनाको तुलनामा मंसिर महीनामा योजनाको नाफामा उल्लेख्य सुधार आएको हो । प्रतिइकाई खुद मूल्य पनि कात्तिक महीनामा रू.१० दशमलव शून्य ६ रहेकोमा मंसिरमा रू.१० दशमलव १६ पुगेको छ ।

धितोपत्रमै प्रमुखताका साथ लगानी गर्ने उद्देश्य बमोजिम यस योजनाले मंसिर मसान्तसम्म गरेको लगानीको परल मूल्य रू.२१ करोड ७५ लाख ४१ हजार रहेको छ ।

यो मूल्य मंसिर मसान्तसम्म रू.२७ करोड ८४ लाख ११ हजार कायम भएको छ । योजनाले सूचीकृत तथा सूचीकृत नभएको धितोपत्र र मुद्दती निक्षेपमा गरेको लगानीको मूल्य लागत मूल्य भन्दा बढी भएको हो ।

त्यस्तै मंसिर मसान्तसम्म रू.५७ लाख २८ हजार नोक्सानीमा रहेको अर्को योजना एनआईसी एशिया ग्रोथ फण्डको लगानी मूल्य कात्तिक महीनाभन्दा मंसिरमा बढेको छ ।

कात्तिक महीनामा रू.६३ करोड ४२ लाख ९९ हजार रहेको धितोपत्र तथा मुद्दती निक्षेपको लगानीमूल्य मंसिर मसान्तसम्म रू.६६ करोड ३२ लाख ७७ हजार पुगेको छ ।

यी शिर्षकमा यस योजनाले ब्रोकर कमिसन सहित रू.५९ करोड ७३ लाख २६ हजार लगानी गरेको जानकारी दिएको छ । लगानी लागत भन्दा बढीनै मूल्य कायम भएको छ ।

यस योजनाको पनि प्रति इकाई खुद सम्पत्ति मूल्य रू. ९ दशमलव ६४ देखि बढेर रू.९ दशमलव ९५ कायम भएको छ । दोस्रो बजारमा पछिल्लो समय केहि सुधार देखिएकाले पनि म्यूचुअल फण्डका योजनाहरुको लगानीमूल्यमा केहि वृद्धि देखिएको हो।

वि.सं.२०७६ पुस १४ सोमवार १४:३० मा प्रकाशित

You can share this post!

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...